दिपायल विमानस्थल निर्माणको काम अलपत्र

 असोज १९, २०७५ शुक्रबार १२:४:३१ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल विमानस्थलको कालोपत्रे गर्ने काम अलपत्र अवस्थामा परेको छ । निर्माण कम्पनीले तोकिएको समयमा काम गर्न नसक्दा र नेपाल नागरीक उड्यन प्राधिकरणले म्याद नथप्दा निर्माण कार्य अलपत्र परेको बताइएको छ । 

लक्ष्य अनुसार काम नहुँदा कालोपत्रेको काम सुरु नभएर यो विमास्थलको काम अलपत्र परेको हो । त्यस्तै वैतडीको पाटन बिमान स्थलको काम पनि लामो समयदेखि अलपत्रमा परेको छ । यि दुवै विमानस्थलको निर्माणको काम अलपत्र परेको छ । सँगै निर्माण थालिएको अछामको साफें विमानस्थल गएको जेठमै निर्माण सम्पन्न भई परीक्षण उडान गरिँदा समेत दिपायल तथा पाटन विमानस्थलको काममा ढिलाई हुँदै अहिले आएर निर्माणको काम नै अलपत्र परेको हो । 

पाटन विमानस्थलको गएको असारमा समय सकिँदा पनि निर्माण कम्पनीलाई म्याद थपिएको छैन् भने दिपायल विमानस्थलमा ६ महिनाको म्याद थपिसक्दा समेत फेरि समय थपको माग भएकोमा म्याद नथपिएको बताईएको छ । डोटीको दिपायल विमानस्थलको काम सेर्पाग्याल्भा कम्पनीले लिएको छ ।

सुदूरपश्चिम प्रदेशको दोस्रा ठूला डोटीको दिपायल र बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम निर्धारित समयमा नसकिएपछि अहिले निर्माणको काम अलपत्र भएको छ । गएको असारमा सक्ने लक्ष्यसहित निर्माण कार्य सुरु गरिएको दिपायल विमानस्थलको कालोपत्रे गर्ने कार्य नसकिएपछि म्याद थपका लागि निवेदन दिइएको छ । 

डोटीको दिपायल बिमानस्थलमा करिब साढे ५ करोड र बैतडीमा झण्डै ११ करोडको लागतमा बिमानस्थल कालोपत्रेको काम सुरु गरिएको थियो । कालोपत्रेको निर्माण नसकिँदा र म्याद पनि थप नहुँदा निर्माण कम्पनीले काम अघि नवढाएको भन्ने बुझिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर नलविक्रम थापाले बताउनु भयो । यि विमानस्थलहरुमा रन वे कालोपत्रेलगायतका कामहरु गर्न बाँकी छ ।

तोकिएको समयमा काम नसकिँदा अधुरै रहेको डोटीको दिपायल विमानस्थलको निर्माणको काम पनि अलपत्र अवस्थामा परेको छ । काम सञ्चालन नहुँदा महिनादेखि निर्माणको काम ठप्प रहेको विमानस्थल निर्माण कार्य हेरिरहेका इन्जिनियर बालकृष्ण रेग्मीले बताउनु भयो । गएको असारसम्म ६ महिना म्याद थप गरे पनि दिपायल विमानस्थलको कार्य पूरा हुन नसकेपछि अहिले निर्माण कम्पनीले फेरि म्याद थपका लागि निवेदन दिएको छ ।

तर नेपाल नागरिक उडड्यन प्राधिकरणले म्याद थपको स्वीकृति भने नदिएको दिएको इन्जिनियर रेग्मीले बताउनु भयो । काम सुरु गरेपछि मात्रै म्याद थपेर अन्तिम पटकका लागि मौका दिने मनसायमा प्राधिकरण पुगेको विमानस्थल निर्माण कार्य हेरिरहनु भएका इन्जिनियर रेग्मीले बताउनु भयो । ‘कामै सुरु भएको छैन कसरी म्याद थप्नु उहाँले भन्नु भयो ‘काम सुरु गरेपछि मात्रै म्याद थपिने विषयमा कुरा हुन्छ ।’

अन्तिम अपडेट: चैत १, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया