बाजुरामा मतगणना सुरु

 मंसिर १५, २०७९ बिहिबार १८:३८:३ | निमेन्द्र शाही
unn.prixa.net

बाजुरा – बाजुरामा मतगणना सुरु भएको छ । आज बिहीवार दिउँसाे साढे ३ बजे मतगणना सुरु हुने भने पनि झन्डै साढे दुई घण्टा पछाडि मात्रै सुरु भएकाे हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले बोलाएको सर्वदलीय बैठकले साढे ३ बजेदेखि मतगणना गर्ने सहमति गरेको  थियाे । तर बैठकमा एमाले नआएपछि गणना सुरु भएको थिएन । आयोगको मतगणना गर्ने निणर्य गरेसँगै मुख्य निर्वाचन अधिकृतको कार्यालयले बाजुरामा तेस्रो पटक सर्वदलीय बैठक बोलाएको थियो । तेस्रो पटक नेकपा एमाले सहभागी भएपछि मतगणना गर्ने सहमति भएको हो ।

मङ्सिर ४ गते भएकाे चुनावमा बाजुराको विभिन्न मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै एमालेले पुनः मतदान गर्नुपर्ने निवेदन दिएको थियो । तर निर्वाचन आयाेगले हिजाे बुधवार पुनः मतदान नभइ मतगणना गर्न निर्देशन दिएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

निमेन्द्र शाही

बाजुराका पत्रकार निमेन्द्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया