नेपाली श्रमिकले विदेशमा भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रुपमा लिएको छ : श्रममन्त्री कुँवर

 पुस ३, २०७९ आइतबार १६:३८:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रुपमा लिएको बताउनुभएको छ ।

आइतवार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित नेपाल श्रम आप्रवासन प्रतिवेदन २०२२ सार्वजनिक कार्यक्रममा बोल्दै मन्त्री कुँवरले सरकारले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई समाधान र सहज बनाउने विषयमा गम्भीर भएर काम गरिरहेको बताउनुभयो । उहाँले सरकारले श्रमिक पठाउने मात्रै नभएर विदेशमा गएका श्रमिकले भोग्नुपरेका समस्याको विषयमा पनि गम्भीर हुन आवश्यक रहेको बताउनुभयाे ।

उहाँले वैदेशीक रोजगारीमा गएकाहरुले दुःख गरी कमाएर पठाएको रेमिट्यान्स अर्थतन्त्रको मेरुदण्डको रुपमा स्थापित गर्ने काम मात्रै भएको भन्दै श्रमिकले पठाएको रेमिट्यान्स मात्रै नभएर श्रमिकहरुले भोग्नुपरेका विषयमा सरकार गम्भीर हुन आवश्यक गरेको बताउनुभयाे । उहाँले  नेपाली श्रमिकहरुलाई विदेशमा पठाउँदा श्रमिकको मर्यादा र व्यवस्थापनलाई विशेष ध्यान दिन जरुरी रहेको बताउनुभयाे ।

मन्त्री कुँवरले सरकारले वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकले पाएको दुःखलाई कम गर्न भए पनि सरकारले श्रमिकका हक र अधिकारलाई स्थापित गर्ने गरी नीतिहरु तय गर्न आवश्यक रहेकोले सरकारले काम गरिरहेको बताउनुभयाे । 

यस्तै, सरकारले वैदेशीक श्रमिकको हकमा मर्यादित र व्यवस्थित कसरी गर्ने भन्ने कुरालाई विशेष ध्यान दिन जरुरी रहेको उहाँकाे भनाइ थियाे । उहाँले सरकारले विदेशमा रोजगारीका लागि गएका अलपत्र गरेका नेपाली श्रमिकहरुलाई सहज बनाउने र श्रमिकको हक अधिकार प्राप्तिको लागि राज्यले अभिभावकिय रुपमा काम गरिरहेको पनि उल्लेख गर्नुभयाे । 

यस्तै उहाँले आफू श्रम नभए पनि श्रमिकका समस्या राम्राेसँग बुझेकाे र उनीहरुकाे अधिकारकाे लागि राज्यले अभिभावकीय उपस्थिति निभाउने विश्वास दिलाउनुभयाे ।

उहाँले भन्नुभयो,‘म श्रम मन्त्री भए पनि श्रम विज्ञ होइन । तर पनि सरकारले विदेशमा गएका अलपत्र गरेका नेपाली श्रमिकहरु सहज बनाउने र श्रमिकको हक अधिकार प्राप्तिको लागि राज्य अभिभावकीय रुपमा उपस्थित हुनेछ ।’


अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया