प्रतिवेदन भन्छ : निर्मला पन्तको हत्या छानबिनमा प्रहरीको चरम लापरबाही भयो (पूर्ण प्रतिवेदनसहित)

 असोज २१, २०७५ आइतबार २०:२२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारेको छानबिन प्रतिवेदन सार्वजनिक भएको छ ।

सहसचिव हरिप्रसाद मैनाली नेतृत्वमा गठित उच्चस्तरीय छानबिन समितिले तयार पारेको अनुसन्धान प्रतिवेदन आइतबार सार्वजनिक गरिएको हो । प्रतिवेदनमा घटनाको अध्ययन विश्लेषणपछि १८ बुँदामा निश्कर्ष प्रस्तुत गरिएको छ ।

निर्मला हराएको प्रहरीमा जानकारी गराउँदा तत्काल खोजतलासमा प्रहरी उदासिन रहेको उल्लेख छ । त्यस्तै घटनासँग सम्बन्धित प्रमाण संकलनमा खटिएका प्रहरीको लापरबाही र हेलचेक्राँई देखिएको प्रतिवेदनमा भनिएको छ ।

निर्मलाको बलात्कार हत्यासँग सम्बन्धित प्रमाण लाग्न सक्ने बस्तुहरु भित्रि वस्त्र पानीमा चोपलेको, गुप्ताङ्ग र तिघ्रा पखालिएको तथा वस्त्र गायव पारिएको भेटिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रहरी उपरीक्षक डिल्लीराज विष्टले जिम्मेवारी निर्वाह नगरेको भन्दै छानबिन गरी विभागिय कारबाही गर्न सिफारिस पनि गरिएको छ ।

प्रतिवेदनकाे पूर्ण पाठ:

अन्तिम अपडेट: बैशाख ६, २०८१

3 Comments

  • Indra kumar thapa

    Oct. 8, 2018, 1:32 a.m.

    यो वलात्कार एसएसपी विष्टको छोरा र उसको मतियारले गरेको कारण एसएसपी विष्टले सबै प्रमाण नष्ट गरेको हो, यसले गर्दा पहिले एसएसपी विष्टलाई सजायँ हुनुपर्छ , अनि उसको छोरालाई पनि मृत्युदण्ड दिनुपर्छ /किनभने पछि पुलिसलाई पनि थाहा होस् कि यस्तो काम गर्न हुन्न भनेर / एसएसपी विष्टलाई सकेसम्म चाँडो मृत्युदण्ड दिनु पर्यो पहिले निर्मलाको हत्या भएकै ठाउँमा , त्यसपछि मात्र निर्मलाको आत्माले शान्ति पाउँछ /

  •  0 Reply
  • narayan

    Oct. 7, 2018, 10:28 p.m.

    दिल्लीराज संग बयान लिएर पोलिग्राफ टेस्ट गराइ यथार्थ ओक्ल्न लाउनुपर्छ / कोर्ट मार्शल को तरीका अपनाइ अभियुक्त्त झै कार्यवाही गरिनु पर्छ, अनि सत्य थाहा हुन्छ /

  •  0 Reply
  • केदार भण्डारी ( हरि )

    Oct. 7, 2018, 8:58 p.m.

    लापरबाही प्रहरी बाट त भएकै हो यसमा मेयरको पनि ठूलो हात छ किन कि यी डिल्लीराज विष्ट र मेयर आफ्नै नातेदार हुन यिनिहरुले आफ्नो छोरो र भतिजो जोगाउन यो सबै प्रमाण हरु नष्ट गरेको हुन । अनि सरकार पनि यसलाइ लुकाउन खोज्छ किन नि आगामी चुनावमा जनताले भोट दिदैन्न भनेर यो सब गरेको ।

  •  0 Reply

तपाईको प्रतिक्रिया