वैदेशिक रोजगारीमा हुँदा महिलासँग अश्लिल संवाद, नेपाल फर्किने बित्तिकै पक्राउ

 पुस १०, २०७९ आइतबार १३:५३:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महिलालाई अश्लिल म्यासेज पठाएर मानसिक दुःख दिने एक जनालाई प्रहरीले त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको छ । 

वैदेशिक रोजगारीको क्रममा दुबई गएका रुपन्देहीका विश्वनाथ कुर्मीलाई नेपाल फर्किने क्रममा गएको शुक्रबार प्रहरीले पक्राउ गरेको हो । कुर्मीले पीडित महिलासँग म्यासेन्जरमा गरेका अश्लिल संवादको स्क्रिनसटसहित अभिलेख बनाइ ती महिलाको आफन्त तथा साथीहरुलाई समेत पठाइ महिलालाई मानसिक यातना दिने गरेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार कुर्मीलाई विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसूरमा पक्राउ गरिएको हो । काठमाण्डौ जिल्ला अदालतबाट ४ दिनको म्याद लिइ यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया