इलामका ८१ वटै वडामा लागुऔषध र रक्सी–जाँड निषेध !

 असोज २२, २०७५ सोमबार १९:५५:२७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – इलामका १० वटै स्थानीय तहका ८१ वटै वडामा ‘लागुऔषध निषेध तथा रक्सी–जाँड नियन्त्रण अभियान’ सञ्चालन हुने भएको छ ।

नेपाल सरकार गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय इलामको नेतृत्वमा लागुऔषध नियन्त्रण र रक्सी–जाँड नियन्त्रण अभियान सञ्चालन हुने भएको हो । 

अभियानका लागि प्रमुख जिल्ला अधिकारी श्रवनकुमार तिम्सिनाको अध्यक्षतामा बसेको बैठकले ९ सदस्यीय कार्यदल समेत गठन गरेको छ । कार्यदलमा मानव अधिकार मञ्च नेपाल इलाम, करुणा फाउण्डेसन, जिल्ला युवा समिति, भरोषा नेपाल, नेपाल पत्रकार महासंघ, चेतना नाट्य समूह, हरित नगर महिला समूह,  क्वीन इलाम र इलाम नगरपालिकाको कार्यालय रहेको छ । 

कार्यदलले प्रारम्भीक चरणमा अभियानको लागि लाग्ने खर्च तथा कार्यतालिकासहितको प्रस्ताव पत्र निर्माण गरी अर्काे बैठकमा पेश गर्नेछ । आर्थिक व्यवस्थापनको लागि सम्बन्धित स्थानीय तहबाट प्रत्येक वडाको लागि कम्तिमा १० हजार रुपैयाँका दरले बजेट सिलिङ गराउने प्रस्तावमाथि प्रशासकीय प्रमुखहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया