दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाडौं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काठमाडौंको कालिमाटीमा रहेकाे जनप्रभात माध्यमिक विद्यालय भवन पुनर्निर्माण गरी विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको छ ।
मंगलबार एक कार्यक्रमकाबीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन र काठमाडौं जिल्ला कार्यान्वयन शिक्षा इकाईले विद्यालयको पुनर्निर्मित भवन विद्यालय व्यवस्थापन समितिलाई हस्तान्तरण गरेको हो ।
६४ लाख ८६ हजारमा निर्माण गरिएको चारकोठे भवनका कारण विद्यालयको पठनपाठन सहज हुने काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यले विश्वास व्यक्त गर्नुभयो । उहाँले निजी विद्यालयसँग प्रतिस्पर्धा गरेर अघि बढ्न पनि महानगरपालिकाभित्रका सामूदायिक विद्यालयहरुलाई आग्रह गर्नुभयो ।
विक्रम संवत २००८ सालमा स्थापना गरिएको विद्यालयकाे भवनलार्इ २०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पले क्षति पुर्याएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।