अपडेट : जीप दुर्घटनाका दुई घाइतेलाई  हेलिकप्टरबाट काठमाडौं लगियो

 असोज २३, २०७५ मंगलबार १६:१९:४५ | डीबी बिष्ट
unn.prixa.net

बझाङ – जीप दुर्घटनामा परि घाइते भएका दुई जनालाई सिम्रिक एयरको हेलिकप्टरबाट काठमाडौं लगिएको छ । 

सिकिस्त घाइते भएका कञ्चनपुर जिल्ला बेदकोट नगरपालिका –५, की १२ वर्षीया माया बोहरा र केदार स्युँ गाँउपालिका वडा नम्बर ६ बस्ने जीप चालक ४२ वर्षीय रणबहादुर खातीलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगिएको हो । 
अन्य घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ । 

बझाङमा भएको जीप दुर्घटनामा परि मृत्यु हुनेको संख्या तीन पुगेको छ । कञ्चनपुर जिल्ला बेदकोट मंगलबार बिहान भएको जीप दुर्घटनामा परि ३ जनाको मृत्यु भएको छ ।  कञ्चरपुर जिल्ला बेदकोट नगरपालिका ५ बस्ने ६५ वर्षीया  विष्नादेवी बोहरा र कैलाली जिल्ला घोडाघोडी नगरपालिका ५ का ५६ वर्षीय धनबहादुर बोहराको घटनास्थलमा नै मृत्यु भएको र बेदकोट नगरपालिका ५ का  ३५ वर्षीय प्रेमबहादुर बोहराको उपचारका क्रममा देउरा स्वास्थ्य चौकीमा निधन भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 

यस्तै जीप दुर्घटनामा परि ११ जना घाइते भएका छन् । घाइते हुनेमा कञ्चनपुर जिल्ला वेदकोट नगरपालिका बस्ने ३० वर्षीया मुडु बोहरा, १० वर्षीया कविता बोहरा, १२ वर्षीया माया बोहरा, ४३ बर्षीया लालमती बोहरा, चन्द्रसिंह बोहरा र विरेन्द्र बोहरा रहेका छन् । यसैगरी बुंगल नगरपालिका ६ का नरेन्द्र कुँवर, कृष्ण कुँवर, बुंगल नगरपालिका ८ का धिरेन्द्र बोहरा घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

जीप दुर्घटनामा परि चालक केदार स्युँ गाउँपालिका ४२ वर्षीय रणबहादुर खाती र सहचालक सुनील खाती पनि घाइते भएका छन् । घाइतेहरुको उपचार नजिकैको देउरा स्वास्थ्य चौकीमा भैरहेको छ । बुंगलनगरपालिकामा पूजाआजा गर्नका लागि उनीहरु मन्दिरतर्फ जाने क्रममा जीप दुर्घटना भएको प्रहरीले जनाएको छ । घटनाबारे थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

डीबी बिष्ट

डीबी बिष्ट बझाङका  उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया