वैदेशिक रोजगार ऐन संशोधन गर्न सरकार तयार

 माघ ६, २०७९ शुक्रबार १६:८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहालले वैदेशिक रोजगार ऐन संशोधन गरी वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी बनाउन सरकार तयार रहेको बताउनुभएको छ ।

शुक्रवार नेपाल वैदेशिक रोजगार व्यवसायी संघको २९ औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले श्रम मन्त्री र सचिवसँग राम्रो जानकारी लिएर श्रम ऐन संशोधनदेखि वैदेशिक रोजगार व्यवसायलाई पारदर्शी र सम्मानित बनाउन तयार रहेको बताउनुभएको हो । उहाँले वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गतिहरु रोक्न व्यवसायीहरुको सहयोगको आवश्यकता रहेको बताउनु भयो ।

उहाँले समय अनुसार वैदेशिक रोजगार व्यवसायलाई सम्मानित पारदर्शी,प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरुलाई निरुत्साहीत गर्ने प्रक्रियामा केही प्रगति भइरहेको बताउनु भयो । प्रधानमन्त्री दाहालले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ शुरुवात गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । 

उहाँले भन्नुभयो,‘वैदेशिक रोजगारीको क्षेत्रमा विगतमा धेरै विकृति विसङ्गतिका तथ्यहरु नभएको होइनन् । समय अनुसार यो व्यवसायलाई सम्मानित पारर्दर्शी, प्रभावकारी बनाउने र अवाञ्छित र गलत क्रियाकलापहरुलाई निरुत्साहित गर्ने प्रक्रियामा केही प्रगति भएको छ । अहिले रोजगारी ऐन २०६४ परिर्माजन गर्नुपर्ने आवश्यकता बारेमा र सरकारले श्रमिकका हक हितलाई उच्च प्राथमिकताका साथ श्रमिकको जीवन र पसिना बगाएर कमाएको सम्पतिको सुरक्षा र सम्मानको निम्ति दोस्रो कार्यकाल प्रधानमन्त्री भएको बेला ध्यान केन्द्रित भएको थियो । श्रममन्त्री र सचिवसँग राम्रो जानकारी लिएर ऐन संशोधनदेखि वैदेशिक व्यवसायलाई पारदर्शी सम्मानित बनाउनको लागि कुनै कसर बाँकी राख्नेछैन । मैले हेरक क्षेत्रमा जनता र राष्ट्रको निम्ति केही नयाँ शुरुवात गर्नुछ । त्यसको लागि सबैको सहयोगको आवश्यकता रहन्छ । व्यवसायीहरुले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरुलाई रोक्न सहयोग गर्न सक्नुहुन्छ । व्यवसायीहरुले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार छ ।’

प्रधानमन्त्री दाहालले वैदेशिक रोजगार व्यवसायीहरुले नै वैदेशिक रोजगारीको क्षेत्रमा देखिएका विकृति विसङ्गतिहरुलाई रोक्न सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले व्यवसायीहरुले सरकारलाई सहयोग गर्दा सरकार मैत्रीपूर्ण सम्बन्ध कायम गर्न तयार रहेको पनि बताउनु भयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया