माओवादीका उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज

 माघ ६, २०७९ शुक्रबार १७:२४:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा (माओवादीका केन्द्र) का उपमहासचिव वर्षमान पुन अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । ललितपुरको सुमेरु सिटी अस्पतालमा उपचाररत नेता पुनलाई अस्पतालले आज डिस्चार्ज गरेको हो ।

उपचारमा संलग्न चिकित्सक पेट रोग विशेषज्ञ प्रा.डा. युवराज शर्माले पुनको स्वास्थ्यमा केही सुधार आएपछि डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।

चिकित्सकले पुनलाई बेलाबेलामा फलोअप चेकअपमा आउन सुझाव दिएका छन् । पुनको कलेजोमा ८५ प्रतिशतसम्म समस्या देखिएपछि चिकित्सकले कलेजो प्रत्यारोपण गर्न सुझाव दिएका छन् । कलेजो प्रत्यारोपण नगरेमा विभिन्न स्वास्थ्य जटिलता देखिने डा. शर्माको भनाइ छ । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया