नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर केही नीतिगत र व्यावहारिक निर्णय गर्नेछाैँ : प्रधानमन्त्री प्रचण्ड

 माघ ७, २०७९ शनिबार १२:४७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  प्रोटिनयुक्त खानपानको व्यवस्था सबै नागरिकमाझ पुर्याउन सरकारबाट भइरहेको प्रयास पर्याप्त नभएको बताउनुभएको छ।

शनिवार आज काठमाण्डौमा आयोजित दोस्रो संस्करणको 'राइट टू प्रोटिन रन हाफ म्याराथन' कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । साथै उहाँले अहिलेको सरकारले स्वास्थ्यको क्षेत्रमा नयाँ सुरुवात गर्ने तयारी गरेको भन्दै नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यावहारिक निर्णय गर्न लागेको बताउनु भयो । 

उहाँले वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने कुरामा सरकार प्रतिबद्ध रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समग्रमा खेल क्षेत्रबाट स्वस्थ र अनुशासित जीवन पद्धतिको विकास गर्नेकुरामा जोड गर्दै आएका छौँ । नेपाल सरकारको तर्फबाट भइराखेका प्रयासहरु पर्याप्त छैनन् भन्नेकुरा तथ्य तथ्याङ्कले देखाएको छ । यस्ता कार्यक्रमले एकातिर पशुजन्य खाद्यान्नको विकासको निम्ति व्यवसायलाई उत्प्रेरित गर्छ भने गेडागुडीलगायतका खाद्यपदार्थको विकासमा पनि किसानहरुलाई उत्प्रेरित गर्छ । आत्मनिर्भरताको दिशातिर जानसक्छौँ । यतिबेला हामी पोल्ट्री व्यवसायमा झन्डै आत्मनिर्भर भएका छौँ । यो खुशीको कुरा हो।'

प्रधानमन्त्री प्रचण्डले स्वास्थ्यको क्षेत्रमा सरकारले गर्नुपर्ने कामहरु धेरै रहेको भन्दै आउँदाे दिनमा जनमुखी सेवा प्रवाहका लागि आवश्यक नीति निर्माण गरी काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

'वनस्पतिजन्य खाद्यान्नमा पनि हामी आत्मर्भिर हुने र बालबालिकालाई त्यसको लागि आवश्यक पर्ने प्रोटिनको मात्रा उपलब्ध गराउने गर्नुपर्छ । स्वास्थ्यको क्षेत्रमा सरकारले नयाँ सुरुवात गर्दैछ । यो क्षेत्रमा नागरिकको सेवाको लागि सरकारले गर्नुपर्ने काम धेरै छ । हामीले नागरिकको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर केही नीतिगत र व्यावहारिक निर्णय गर्दैछौँ ’ प्रचण्डले भन्नुभयाे । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया