निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीलार्इ कडा कारबाही गर: संसदीय समिति

 असोज २४, २०७५ बुधबार १४:५९:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - संसदीय समितिले तोकिएकै समयमा विकास निर्माणको काम सम्पन्न नगर्ने ठेकेदार कम्पनीमाथि कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिएको छ । 

संघीय संसद प्रतिनिधिसभा अन्तरगतको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले तोकिएकै समयमा गुणस्तरीय काम नगर्ने ठेकेदार कम्पनीलाई कडा कार्वाही गर्न सरकारलाई निर्देशन दिनु भएको हो ।

बुधबार सिंहदरबारमा पत्रकारहरुसँग अन्तरक्रिया गर्दै उहाँले क्षमता नभएका कम्पनीलाई निर्माणको कामको जिम्मा नदिन पनि सरकारलाई सचेत गराउनु भयो । सभापति खड्काले विवादमा तानिएको पप्पु कन्सट्रक्सन कम्पनीलाई ठेक्का दिने काम गरेकोमा पनि असन्तुष्टि व्यक्त गर्नुभयो ।

समितिकी सभापति खड्काले राष्ट्रिय गौरवको आयोजना निर्माणको काममा तीव्रता दिन ढिलाई नगर्न पनि सरकारसँग आग्रह गर्नु भयो ।

उहाँले विकास निर्माणको कामलाई अघि बढाउन आवश्यक कानुनको व्यवस्था गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनु भयो । सभापति खड्काले विकास निर्माणको कामलाई प्रभावकारी बनाउन आवश्यक सुझाव दिन संचारकर्मीहरुलाई पनि आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया