उद्योग सञ्चालन भएपछि रोजगारीको अवसर

 जेठ २४, २०७५ बिहीबार १५:३६:४ | रासस
unn.prixa.net

म्याग्दी – जिल्लामा नेपाली कागज उद्योग स्थापना भएपछि जंगलमा खेर गइरहेको लोक्ताको सदुपयोग हुनाका साथै स्थानीयवासीलाई रोजगारी र आयआर्जनको अवसर मिलेको छ । 

जिल्लाका विभिन्न ठाउँमा अर्गेलीको लोक्ता प्रशोधन गरेर नेपाली कागज उत्पादन गर्न उद्योग स्थापना गरिएको हो । जंगलमा लोक्ता संकलन, प्रशोधन र नेपाली कागज निर्माण गरेर आयआर्जन गर्ने अवसर मिलेको मालिका गाउँपालिका ५ देवीस्थानका मनबहादुर पुनले बताउनुभयो । मालिका गाउँपालिकाको देवीस्थानमा ‘वेष्ट नेपाल लोक्ता पेपर एण्ड हेण्डीक्राफ्ट’ तथा अन्नपूर्ण गाउँपालिकाको नांगीमा ‘हिमाञ्चल सामुदायिक हाते कागज उद्योग’ सञ्चालनमा छ । 

मालिकाको अदिभारा, धौलागिरिको लमसुङ र रघुगंगाको पाखापानीस्थित नेपाली कागज उद्योग मौसमीरुपमा सञ्चालन हुँदै आएका छन् । एउटा उद्योगमा कम्तीमा चारजनाले प्रत्यक्ष र १० जनाले अप्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । 

देवीस्थानका वेष्ट नेपाल लोक्ता पेपर एण्ड हेण्डीक्राफ्ट उद्योगका सञ्चालक लोकेन्द्र पुनका अनुसार प्रतिकिलो कागज अाठ सयदेखि छ हजारसम्ममा बिक्री हुन्छ । सरकारी काममा बढी प्रयोग हुने नेपाली कागजबाट फाइल, डायरी, नोटबुकलगायत सामग्री बनाउन सकिन्छ । 

घरेलु तथा साना उद्योग विकास समिति र विभिन्न संघसंस्थाले स्थानीय स्रोत र सीपमा आधारित उद्योगको विकासका लागि सीपमूलक तालीम, अनुदानमा उपकरण वितरण तथा बजारीकरणमा सहयोग पुग्ने कार्यक्रम सञ्चालन गरिएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो । स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन र सीपमा आधारित उद्यम र व्यवसायमार्फत खेर गइरहेका प्राकृतिक स्रोत साधनको परिचालन गरी रोजगारी र आयआर्जनको वातावरण मिलाउने उहाँको भनाइ छ । 
 

अन्तिम अपडेट: मंसिर २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया