पासपोर्टको लागि एक महिनाको अग्रिम अनलाइन आवेदनको व्यवस्था

 माघ १६, २०७९ सोमबार ७:१५:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - राहदानी विभागले सेवा सहज बनाउन भन्दै एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि-इनरोलमेन्टको व्यवस्था गरेको छ । विभागका अनुसार आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि-इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि-इनरोलमेन्टको व्यवस्था रहेकोमा अब एक महिनाको गर्न लागिएको विभागले जनाएको छ ।

दुई, तीन दिनको मात्रै अग्रिम आवेदन हुँदा सेवाग्राहीलाई झन्झट भएको गुनासो आएपछि विभागले एक महिनाको योजना ल्याएको हो । यो व्यवस्थाबाट सेवाग्राहीले अहिले भोगिरहेको सास्ती र झन्झट कम हुने विभागले जनाएको छ । विभागका अनुसार आज १६ गते प्रि-इनरोलमेन्ट गर्दा फागुन १५ गतेसम्म समय पाइनेछ ।

यस्तै, भोलि १७ गते प्रि-इनराेलमेन्ट गर्नेले फागुन १६ सम्मको र १८ गते प्रि-इनरोलमेन्ट गर्दा फागुन १७ सम्मको समय लिन सकिने छ । विभागसहित विदेशमा रहेका कुटनीतिक नियोग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालयले पनि एक महिनाको प्रि-इनरोलमेन्ट गराउने छन् ।

विभागले काठमाण्डौ नजिकका जिल्लाहरुमा १० देखि १२ दिन, तराईका जिल्लाहरुमा १२ देखि १५ दिनभित्र, पहाडका सुगम जिल्लामा १५ देखि २० दिन, हिमाली जिल्लाहरुमा २० देखि ३० दिन र विदेशमा रहेका नेपाली नियोगहरुमा २० देखि ३५ दिनभित्र राहदानी वितरण गर्ने व्यवस्था गरेको जनाएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया