सीता एअरलाइन्सले माघ २५ गतेदेखि दाङ–काठमाण्डौ उडान भर्ने

 माघ १९, २०७९ बिहिबार १२:२९:६ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ - माघ २५ गतेदेखि सीता एअरलाइन्सले दाङ–काठमाण्डाै नियमित उडान भर्ने भएको छ । दाङको टरिगाउँ विमानस्थलमा सीता एअरले पहिलो चरणमा हप्तामा दुई दिन उडान भर्ने तयारी गरेको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो ।

परीक्षण उडान गरेको करिब १२ दिनपछि सीता एअरले उडान भर्ने भएको हो । सीता एअरले माघ १३ गते परीक्षण उडान गरेको थियो । यसअघि नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ । यद्यपि यात्रुको चाप वृद्धि भएमा हरेक दिन उडान गर्ने महाप्रबन्धक सिंहको भनाइ छ ।

तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीले बढीमा ७ हजार ५ सय रुपैयाँ भाडा निर्धारण गर्न आग्रह गरेको जानकारी दिनुभयो । यसका लागि विमानस्थलमा केही सुधार गर्ने उपमेयर चौधरीले बताउनुभयो ।

विमानस्थल नजिक रहेका रुख कटान, घरको छतमा रहेका पाइपहरु काट्ने र धावनमार्ग आसपासमा ग्राबेल गर्नका लागि प्रक्रिया सुरु गरिने उपमेयर चौधरीले जानकारी दिनुभयो । नेपाल वायु सेवा निगमले ९ हजार १० रुपैयाँ भाडा निर्धारण गरेको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया