बलिउडका ‘संस्कारी बुवा’ आलोक नाथलाई पनि बलात्कारको आरोप

 असोज २५, २०७५ बिहिबार १४:४४:९ | एजेन्सी
unn.prixa.net

बलिउडमा मि टू क्याम्पेन सुरु भएसँगै विभिन्न पेशामा आवद्ध व्यक्तिहरुकमाथि यौन दुर्व्यवहारको आरोप लागिरहेको छ । यौन हिंसाको आरोपमा बलिउडका कलाकारदेखि केन्द्रीय मन्त्रीसम्मको नाम मुछिएकाले सबैलाई आश्चर्यमा पारेको छ । अझ भारतको महिला आयोगले यौन उत्पीडनमा परेका सबैलाई उजुरी दिन आग्रह गरेपछि नयाँ नाम पनि बाहिर आउन सक्ने संकेत देखिएको छ । पछिल्लो समय अहिले बलिउडका निकै संस्कारी बुवाको भूमिका निर्वाह गर्दै आएका आलोक नाथको नाम पनि सार्वजनिक भएको छ । 

अालाेक नाथबलिउडमा संस्कारी र असल छवि बनाएका आलोक नाथलाई ९० दशकको चर्चित शो ‘तारा’ की लेखक तथा प्रोड्युसर विनता नन्दाले बलात्कारको आरोप लगाएकी छिन । त्यो घटना १९ वर्षअघि घटेको थियो । 

आलोक नाथमाथि फिल्म ‘हम साथ साथ हे’ को सेटमा काम गर्ने एक महिला कर्मचारीले पनि आफूमाथि यौन शोषण गरेका आरोप लगाएकी छिन् ।  

सन्ध्या मृदुल

अहिले फेरि बलिउडकी चर्चित अभिनेत्रीले समेत उनको कालो कर्तुतको बारेमा बयान दिएकी छिन् । मि टू क्याम्पेन अन्र्तगत रहेर अभिनेत्री सन्ध्या मृदुलले सामाजिक सञ्जालमार्फत आलोक नाथले कसरी उनीमाथि यौन् दुर्व्यवहार गरेका थिए भन्ने कुराको खुलासा गरेकी छिन् । 

उनले लेखेकी छिन्, ‘त्यस समयमा मेरो करियर भर्खर सुरु भएको थियो । मैले एक टेलिफिल्ममा लिड रोल पाएकी थिए । म निकै खुसी थिए । आलोक नाथ मेरो पिताको भूमिकामा थिए । उनी मबाट  निकै प्रभावित थिए । मेरो निकै प्रशंसा गर्थे । मलाई उनी भगवानको बच्चा भन्ने गर्थे । उनको व्यवहारले मलाई हौसला मिल्दथ्यो । तर एक रात छायाँकंनको काम छिट्टै सक्किएको थियो । आलोकले धेरै रक्सी पिएका थिए । त्यसपछि उनी मसँग नजिक हुन थाले । उनी मलाई पटक–पटक तिमी मेरी हौ भन्न थाले ।

उनको त्यो व्यवहारले म निकै डराएकी थिएँ । पछि अन्य कलाकारले खाना नखाएरै मलाई त्यहाँबाट लिएर गए । त्यसको दोस्रो दिन उनी मेरो रुममा आए । उनी रक्सीको नशामा थिए । मैले उनलाई देख्ने बित्तिकै ढोका बन्द गर्ने प्रयास गरे । तर उनले ढोका धकेल्दै मलाई झम्टिन आए । म उनीबाट फुत्किएर बाथरुमको ढोकाबाट बाहिर भागे । तर उनी तिमी मेरी हौ भन्दै चिच्याउन थाले । पछि सबै मिलेर उनलाई मेरो कोठाबाट बाहिर निकालियो । म निकै डराएकी थिएँ । त्यो रात मेरी हेयरड्रेसर मसँगै सुतेकी थिइन् ।’

उनी लेख्छिन्, ‘यो घटना त्यो रात मात्रै होइन, लगातार दोहोरिरहन्थ्यो । उनी राति रक्सीको नशामा मलाई फोन गर्थे । म उनको आवाजबाट निकै तर्सिएकी थिएँ । त्यो निकै अप्ठ्यारो समय थियो । त्यसपछि मेरी हेयरड्रेसर मेरै रुममा मसँगै सुत्न थालिन् । मलाई थाहा छैन मैले कसरी बाँकी रहेको छायाँकंनको काम त्यस व्यक्तिका साथ पूरा गरेँ । म मेरो सहकर्मी कलाकारप्रति कृतज्ञ छु । म रीमा लागु प्रति पनि आभारी छु ।’ 

सन्ध्याले अगाडि लेखेकी छिन्, ‘आलोक नाथ यो सब कुरा साँचो हो भन्ने कुरा तिमीलाई पनि थाहा छ । यसबारेमा केही अरु व्यक्तिलाई पनि थाहा छ । मैले मेरो भलाइका लागि त्यसबेला तिमीलाई माफ गर्नुपर्‍यो । तर तिमीले विनताका साथ जे गरेको छौ, त्यसका लागि कहिल्यै माफी दिने छैन । विनता म तिम्रो साथमा छु । तिमीसँग जे भयो त्यसको अगाडि मेरो साथमा भएको घटना सानो हो । तिम्रो हिम्मत अझै बलियो होस् ।’

 

खबरहरुका अनुसार बलात्कारको आरोप लागेपछि आलोक नाथको स्वास्थ्य बिग्रिएको छ । डाक्टरले उनलाई बेड रेस्ट गर्ने सल्लाह दिएका छन् । आलोक नाथले आफूमाथि लागेका आरोपहरु झुट भएको बताइरहेका छन् । उनी विनता नन्दा र सन्ध्या मृदुललाई मानहानीको केस गर्ने पनि बताइरहेका छन् । 
 

 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया