पाँच वर्षभित्र लुम्बिनी प्रदेशवासीलाई समृद्ध राजधानी हस्तान्तरण गरिनेछ : मुख्यमन्त्री

 माघ २१, २०७९ शनिबार १८:४८:४४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले पाँच वर्षभित्र लुम्बिनी प्रदेशवासीलाई समृद्ध राजधानी हस्तान्तरण गरिने बताउनुभएकाे छ । लुम्बिनी प्रदेश सभाको छैठौं स्थापना दिवस समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेशलाई मिनी नेपालका रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको पनि बताउनुभयाे ।

लुम्बिनीलाई समृद्ध बनाउने धेरै सम्भावना भएको बताउँदै मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘हामीसँग धेरै सम्भावनाहरु छन् । चुनौती पनि त्यत्तिकै छन् । चुनौतिका बीचबाट सम्भावनाको खोजी गर्दै सरकार अगाडि बढ्नेछ र समृद्ध प्रदेश निर्माण गर्नेछ । आउँदाे पाँच वर्षभित्र प्रदेशवासीलाई समृद्ध राजधानी हस्तान्तरण गरिनेछ ।’

यस्तै मुख्यमन्त्री गिरीले संघीयताको मर्म अनुसार काम गर्ने पनि बताउनुभयाे । संघीयताको गलत व्याख्या र प्रचार भइरहेको भन्दै नागरिकलाई संघीयताको व्यावहारिक अनुभूति गराउनतर्फ प्रदेश सरकार लागिपर्ने उहाँको भनाइ थियाे ।

‘संघीयतालाई कमजोर बनाउने खालका टिप्पणी भइरहेका छन् । संघीयताले सिर्जना गरेका अवसरलाई नबुझेर संघीयतामाथि प्रहार गर्ने र गलत प्रचार गर्ने क्रम बढेको छ’, मुख्यमन्त्री गिरीले भन्नुभयो, ‘संघीयता विरोधी गतिविधि सिर्जना गर्नु देशको हित विपरीतको कार्य हो । यसतर्फ सबै सचेत हुनुपर्दछ ।’

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया