श्रीमतीकाे हत्या आराेपमा श्रीमान् पक्राउ

 माघ २३, २०७९ सोमबार २०:१७:४६ | हेमराज शर्मा
unn.prixa.net

दाङ – श्रीमतीको हत्या आरोपमा रोल्पाको लुङ्ग्री गाउँपालिका ६ का ४९ वर्षीय कीर्तिमान बुढाथोकी पक्राउ परेका छन् । ४४ वर्षीया श्रीमती गोबिनाको हत्या गरेको आरोपमा कीर्तिमान पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले दाङले जनाएको छ ।

आज साेमवार बिहान दाङको घोराही उपमहानगरपालिका १९ को मलार खोलामा गोबिनाको शव भेटिएकाे थियो । बिहान ७ बजेतिर कीर्तिमान आफैँ जिल्ला प्रहरी कार्यालय घोराहीमा पुगेर श्रीमती पहिलेदेखि नै मुटु रोगको बिरामी रहेको र आफूहरू पैदल हिँड्ने क्रममा ढलेर ज्यान गएको बयान दिएका थिए । उनको सूचनाको आधारमा प्रहरी घटनास्थल पुगेको थियो । मृतकको टाउकोमा चोट देखेपछि प्रहरीले हत्या भएको हुन सक्ने आशङ्का गर्दै अनुसन्धान अगाडि बढाएको थियो ।

सोधपुछका क्रममा कीर्तिमानले श्रीमतीलाई ढुङ्गाले हानेर हत्या गरेको स्वीकार गरेका जिल्ला प्रहरी दाङका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । बुढाथोकीका श्रीमान्–श्रीमती घोराही १९ दुईखोली क्षेत्रमा एउटा खाली गोठमा बस्दै आएका थिए । श्रीमान्–श्रीमतीले सडकमा सँगै काम गर्दै आएका थिए ।

आइतवार बेलुका साढे ७ बजेतिर काम गरी पैदल हिँड्दै बास बस्ने ठाउँतर्फ जाँदै गर्दा दुवैले बाटोमा रक्सी खाएका प्रहरीले बताएको छ । रक्सी खाएपछि भनाभन भएको र त्यही क्रममा खोलामा श्रीमानले श्रीमतीको टाउकोमा ढुङ्गा प्रहार गरेपछि ज्यान गएकाे खुलेको प्रहरीले जानकारी दिएको छ ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया