व्यक्तिगत पहलमा वैदेशिक रोजगारीमा जाँदा सरकारी राजश्व बाहेक अन्य शुल्क नबुझाउनु : श्रम मन्त्रालय

 माघ २४, २०७९ मंगलबार १०:५६:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – व्यक्तिगत श्रम स्वीकृति मार्फत वैदेशिक रोजगारीमा जानेले सरकारी राजस्वबाहेक कुनै पनि व्यक्ति वा संस्थालाई कुनै पनि प्रकारको शुल्क नबुझाउनु श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आग्रह गरेको छ ।

व्यक्तिगत पहलमा वैदेशिक रोजगारीमा जाँदा सरकारी राजश्व बाहेक कुनै पनि शुल्क कसैलाई पनि बुझाउन नपर्ने भन्दै ठगीमा पर्नबाट बच्न मन्त्रालयले विज्ञप्ति जारी गर्दै अनुरोध गरेको हो । 

व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जाँदा कसैले दबाब वा भ्रममा पारेर गैरकानुनी रूपमा रकम मागेमा जानकारी दिन पनि मन्त्रालयले भनेको छ । 

वैदेशिक रोजगारीको नाममा सरकारको नीति, कानुन र प्रक्रियागत व्यवस्थाभन्दा बाहिर गएर कसैले पनि रकम उठाउने र ठगी गरेमा कारबाही हुने भन्दै मन्त्रालयले तोकिएको शुल्क मात्र लिन म्यानपावर व्यवसायीहरूलाई समेत सचेत गराएको छ । 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • उसमान खान

    Feb. 7, 2023, 2:25 p.m.

    राेजगार मन्त्रालय जे जाति नियम लगाए पनि बैदेशिक लुट तन्त्र रुक्दैन् । किन भने मेन पावरमा दलाल नै बस्छन्।दलालकाे कार्य नै कमिसन खाने हाे। अहिले मलेशिया जानकाे लागि ३ लाख भन्दा बढी लागने कतार , दुबई र साउदी काे लागि १लाख ४५हजार भन्दा बढी लागने मेन पावर हरुकाे भनाई छ।म पनि अहिले साउदीकाे लागि फ्रि भिसा फ्रि टिकटमा मेडिकल गाराएकाे हाे । तर मेन पावरकाे माग १ लाख ४५ हजार खर्च लागने भनेकाे छ।जब सम्म मेनपावरहरुमा याे मन्त्रालयले अफै छापा मर्ने र अनुगमन गर्ने कार्य गर्दैन् तब सम्म बैदेशिक राेजगारीमा जाने प्रत्येक नेपालीले दुख नै पाउनेछन्। जय नेपाल।

  •  0 Reply

तपाईको प्रतिक्रिया