राष्ट्रिय सभा सदस्यमा एमालेका कुमार दसौदी विजयी

 माघ २५, २०७९ बुधबार १६:३१:२४ | हेमराज शर्मा
unn.prixa.net

निर्वाचित भएकाे प्रमाणपत्र लिँदै दसाैदी

दाङ – राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसाैदी विजयी हुनुभएको छ । सत्ता साझेदार दलकाे तर्फबाट साझा उम्मेदवार दसाैदी ४ हजार २६ मत प्राप्त गर्दै निर्वाचित हुनुभएकाे मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिनुभयो । 

नेपाली कांग्रेसका माधव आचार्यले ३ हजार ७ सय २० मत प्राप्त गर्नुभयो । यस्तै नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायले एक सय ९२ मत प्राप्त गर्नुभयाे । प्रदेश सभातर्फ तीन मत बदर भएकाे छ । 

नेकपा एमालेबाट निर्वाचित खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको पदको उपचुनाव भएकाे हाे । चुनावमा ३ सय ५ जना मतदाता रहेकामा ३ सय ४ मत खसेकाे थियाे ।

निर्वाचित दसाैदी रोल्पाकाे रुन्टीगढी गाउँपालिका ५ का बासिन्दा हुनुहुन्छ । दसौदीको प्रस्तावकमा नेकपा माओवादी केन्द्रबाट निर्वाचित गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेल र समर्थकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सभा सदस्य मीनाकुमारी श्रेष्ठ हुनुहुन्थ्याे ।

नागरिक उन्मुक्तिका राय स्थायी घर सल्यान भई अहिले बाँकेमा बसोबास गर्दै आउनुभएकाे थियाे । रायको प्रस्तावकमा उन्मुक्तिका सांसद राजकुमार चौधरी र समर्थकमा प्रदेश सभा सदस्य धर्मबहादुर चौधरी हुनुहुन्थ्याे । 

कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले मनोनयन दर्ता गर्दा उहाँको प्रस्तावकमा बङ्गलाचुली गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर जिसी र समर्थकमा लमही नगरपालिकाका मेयर जोगराज चौधरी हुनुहुन्थ्याे ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया