सीता एअरलाइन्सले फागुन ३ गतेदेखि दाङ–काठमाण्डौ उडान भर्ने

 माघ २६, २०७९ बिहिबार १३:५२:२५ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ - सीता एअरलाइन्सले फागुन ३ गतेदेखि काठमाण्डाै–दाङ उडान सुरु गर्ने भएको छ ।

माघ २५ गते बुधवारदेखि हवाई सेवा दिने जनाएको सीता एअरले फागुन ३ गतेदेखि हवाई सेवा दिने जनाएको हाे । यसअघि काठमाण्डाै–दाङ हवाई सेवा नेपाल वायु सेवा निगमले दिँदै आएको छ । यसअघि सीता एअरले माघ २५ गतेदेखि हप्तामा एक दिन हवाई सेवा दिने जनाएको थियो।

सीता एअरले फागुन ३ गतेदेखि नियमित उडान भर्ने जनाएको छ । सीता एअरले माघ १३ गते टरिगाउँ विमानस्थलमा परी क्षण उडान गरेको थियो । तयारी पूरा नभएपछि उडान कार्यलाई केही दिन पर सारिएको सीता एअरका महाप्रबन्धक राजेन्द्रबहादुर सिंहले जानकारी दिनुभयो।

फागुन महिनादेखि नियमित उडान भर्ने महाप्रबन्धक सिंहले जानकारी दिनुभयो । नेपाल वायु सेवा निगमले हप्तामा चार दिन उडान भर्दै आएको छ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया