लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसीद्वारा राजीनामा

 माघ २८, २०७९ शनिबार १५:५:१४ | हेमराज शर्मा
unn.prixa.net

दाङ – लुम्बिनी प्रदेशकी विना विभागीय मन्त्री कृष्णा केसीले राजीनामा दिनु भएको छ ।

पुस २८ गते मुख्यमन्त्रीले सपथ लिएकै दिन माओवादी केन्द्रबाट विना विभागीय मन्त्री बन्नु भएकी केसीले भौतिक पूर्वाधार मन्त्रालय माग गरेको तर पार्टीले आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा पठाउन खोजेपछि राजीनामा दिएको बताउनु भएको छ । लुम्बिनी प्रदेशमा भोलि मन्त्रिपरिषद् विस्तार हुँदैछ । 

सरकारसँगको असन्तुष्टि भन्दा पनि पार्टिभित्रको असन्तुष्टिका कारण राजीनामाको कुरा आएको तर मुख्यमन्त्री समक्ष अझै राजीनामा पत्र नआएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आफू एक कार्यक्रमका लागि लुम्बिनी आएकोले राजीनामा सम्बन्धी कुनै जानकारी नभएको मुख्यमन्त्री गिरीले बताउनुभयो । 

राजीनामा बुझाउनु भएकी विना विभागीय मन्त्री कृष्णा केसीले आफूले राजिनामा पत्र मुख्यमन्त्री कार्यालयमा बुझाएको र सबै कुरा त्यसमै उल्लेख गरेको तथा आफू घरतर्फ हिँडेको बताउनुभयो ।

भोलि माघ २९ गते लुम्बिनी प्रदेशको मन्त्रिपरिषद् विस्तारमा आफू राम्रो मन्त्रालयमा जान नपाएपछि राजीनामा दिएको हुन सक्ने एक माओवादी नेताले बताउनुभयो ।

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले राजीनामा बुझाएको बारेमा आफूलाई केहीे जानकारी नभएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया