जाजरकाेटमा भिरबाट खसेकाे ढुङ्गाले लागेर एक जनाकाे ज्यान गयाे

 माघ २९, २०७९ आइतबार २०:२३:७ | बालकुमार शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

जाजरकाेट – जाजरकोटकाे नलगाड नगरपालिकाकाे गेरेनी भिरमा भिरबाट खसेकाे ढुङ्गाले लागेर एक जनाकाे ज्यान गएकाे छ ।

ढुङ्गाले लागेर रुकुम पश्चिमकाे आठबीसकाेट नगरपालिका ११ चाैर घर भएका ३२ वर्षीय अशाेक खड्काकाे ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रहरी नायब उपरीक्षक (डीएसपी) सन्तोष रोकाले जानकारी दिनुभयो । 

टाउकाेमा चोट लागेर घाइते भएका खड्काकाे उपचारका क्रममा स्वास्थय चौकी दल्लीमा ज्यान गएकाे प्रहरीले जानकारी दिएको छ । उहाँसँगै बाइकमा सवार बमबहादुर खत्रीकाे अवस्था भने सामान्य रहेको छ ।

नलगाड ५ काे कालीमाटीबाट खारा गइरहेको भे १० प ६६७२ नम्बरकाे मोटरसाइकलमा सवार खड्कालाई भिरबाट खसेकाे ढुङ्गाले लागेकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया