जाजरकोटमा भिरबाट लडेर पूर्व जनमुक्ति सेनाका कमान्डरकाे ज्यान गयाे

 फागुन २, २०७९ मंगलबार २०:२३:४० | बालकुमार शर्मा
unn.prixa.net

प्रतीकात्मक तस्बिर

जाजरकोट – जाजरकाेटमा मङ्गलवार दिउँसो भिरबाट लडेर पूर्व जनमुक्ति सेना नेपालका कमान्डरकाे ज्यान गएको छ । 

भेरी नगरपालिका २ डिगाँका ३९ वर्षीय नरबहादुर थापा 'जलन' को घर नजिकैको भिरबाट लडेर ज्यान गएको नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज ढकवीर रानाले जानकारी दिनुभयो   ।

जाजरकोट प्रहरीका अनुसार सोमवार दिउँसो पशुचौपाया चराउन हिँडेका थापा आज दिउँसोसम्म पनि घर नफर्केपछि खोजी गर्दा घर नजिकैको भिरभन्दा तल मृत अवस्थामा भेटिनुभएकाे थियाे ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया