प्रदेश स्थापना दिवसका अवसरमा आज लुम्बिनीमा बिदा

 फागुन ३, २०७९ बुधबार ९:४:३३ | हेमराज शर्मा
unn.prixa.net

फाइल तस्बिर

दाङ – लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । प्रदेश स्थापना दिवसका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको हो ।

लुम्बिनी प्रदेश सरकारले आफ्नो प्रदेश स्थापना दिवस स्थायी राजधानी दाङको देउखुरीमा मनाउँदैछ । लुम्बिनीको पहिलो प्रदेश सरकार २०७४ साल फागुन ३ गते बनेको थियो । प्रदेश स्थापना दिवसको अवसरमा सभामुख तुलाराम घर्ती मगरले शुभकामना व्यक्त गर्नुभएको छ । शुभकामना सन्देशमा उहाँले शून्य संरचनाबाट शुरु भएको प्रदेश स्थापनाको यो अवधिमा प्रदेश सभा र सरकारले केही गति लिएकाे अनुभूति हुन थालेको उल्लेख गर्नुभएको छ ।

लुम्बिनी प्रदेशमा नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुपन्देही, कपिलबस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, रुकुम (पूर्वी भाग) रोल्पा, प्युठान, दाङ, बाँके, बर्दिया गरी १२ वटा जिल्ला छन् । 
 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया