अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित

 फागुन ५, २०७९ शुक्रबार ७:२३:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको अध्यक्षमा समिक बडाल निर्वाचित हुनुभएको छ ।

गएराति भएको मतगणनामा निवर्तमान महासचिव बडाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । यस्तै, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मर्यादा विष्ट तथा महासचिवमा नरेश रोकाया निर्वाचित हुनुभएको छ । बडालले नौ सय ६२ तथा लामिछानेले तीन सय ५६ मत प्राप्त गर्नुभयो ।

यस्तै, सचिवमा सञ्जिव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अञ्जना शिवाकोटी, आरती भट्टराई, विनिता काफ्ले, आशिर्वाद सुवेदी, मनाेज ताम्लिङ, मनाेज धामी निर्वाचित भएका छन् । कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित हुनुभएको छ ।

यस्तै, उपाध्यक्षमा गोविन्द गिरी ७ सय ६३ मत, नारायण घर्ती ७ सय ५१, मर्यादा विष्ट ६ सय ७५ र धर्म गिरी ५ सय १ मत  निर्वाचित हुनुभएको छ । महासचिव नरेश रोकाया सात सय ३३ मत प्राप्त गरी विजय हुनुभएको छ ।

यस्तै सचिवमा सञ्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दिपेश प्रसाईँ, अञ्जना सिवाकोटी, आरती भट्टराई र विनिता काफ्ले तथा कोषाध्यक्षमा सङ्गम अर्याल निर्वाचित हुनुभएको छ । 

अधिकृत खकुरेलका अनुसार मतदान ४२ विद्युतीय मेसिनबाट गरिएको थियो । चुनावबाट आउँदाे दुई वर्षका लागि १७ पदाधिकारीसहित १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी  र तीन आयोग (अनुशासन, लेखा र निर्वाचन) मा  १५ जनाको दरले पदाधिकारी निर्वाचित भएका छन् । महाविधेशनमा १ हजार ५ सय ८८ प्रतिनिधि सहभागी थिए ।   

अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनमा १ हजार ५ सय १७ जनाले मतदान गरेका थिए । मतपरिणामकाे औपचारिक रूपमा घोषणा गर्न बाँकी छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया