एमालेको ‘मिसन ग्रासरुट’ अभियान सुरु, को नेता कहाँ खटिए ?

 फागुन ६, २०७९ शनिबार ९:२१:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेको दुई महिने  ‘मिसन ग्रासरूट’ अभियान सुरु भएको छ । पार्टी सुदृढीकरण तथा विस्तारका लागि भन्दै एमालेले शुक्रवारदेखि प्रदेश, जिल्ला हुँदै पालिकासम्म पुग्ने अभियान सुरु गरेको हो । अभियानका क्रममा पार्टी सदस्यता नवीकरण, कमिटीहरूको व्यवस्थापन, प्रशिक्षण, भेला, बैठक र अन्तरक्रिया गर्ने एमालेले जनाएको छ ।

एमालेका अनुसार अन्तरविराेध बुझ्ने तथा पालिकाको समस्या बुझ्ने र हल पनि गरिनेछ । अभियानका लागि सातै प्रदेशमा उपाध्यक्षको नेतृत्वमा संयोजन तथा अनुगमन टोली खटाइएको छ । प्रदेश १ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, मधेसमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, गण्डकीमा उपाध्यक्ष युवराज ज्ञवाली, लुम्बिनीमा उपाध्यक्ष रामबहादुर थापा, कर्णालीमा उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल खटिएका छन् । यस्तै हरेक जिल्ला र पालिकामा पनि नेता खटिएका एमालेले जनाएको छ । 

कुन प्रदेशमा को नेता ?

प्रदेश १ : अष्टलक्ष्मी शाक्य, टोपबहादुर रायमाझी, शेरधन राई, अग्निप्रसाद खरेल, राजेन्द्रप्रसाद गौतम र हिक्मत कार्की ।

मधेस प्रदेश : ईश्वर पोखरेल, रघुवीर महासेठ, गुरुप्रसाद बराल, लालबाबु पण्डित र सीता पौडेल ।

बाग्मती प्रदेश : सुरेन्द्र पाण्डे, गोकर्णराज विष्ट, काशीनाथ अधिकारी, रघुजी पन्त, कृष्णगोपाल श्रेष्ठ र शेरबहादुर तामाङ ।

गण्डकी प्रदेश : युवराज ज्ञवाली, पद्माकुमारी अर्याल, किरण गुरुङ, खगराज अधिकारी र थममाया थापा ।

लुम्बिनी प्रदेश : रामबहादुर थापा, छविलाल विश्वकर्मा, भीम आचार्य, भानुभक्त ढकाल र राजन भट्टराई ।

कर्णाली प्रदेश : सुवासचन्द्र नेम्वाङ, योगेशकुमार भट्टराई,  यामलाल कँडेल, गोरखबहादुर बोगटी र शिवमाया तुम्बाहाम्फे ।

सुदूरपश्चिम प्रदेश : विष्णुप्रसाद पौडेल, लेखराज भट्ट, मणिचन्द्र थापा, बिन्दा पाण्डे र कर्णबहादुर थापा ।

विशेष कमिटी (केन्द्रीय कार्यालय) : शङ्कर पोखरेल, प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ, विष्णु रिमाल र डा. भीष्म अधिकारी। 

पालिकामा खटिएका नेताहरुको सूची यस्तो छ :

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया