छिमेकीले गरे १४ वर्षीया बालिकाको बलात्कार, बलात्कार गर्ने युवक पक्राउ

 असोज २६, २०७५ शुक्रबार १९:५७:१७ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी –  १४ वर्षीय बालिका बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

एकै रात ७१ वर्षीया वृद्धा र १४ वर्षीया बालिका बलात्कार भएको घटना सेलाउन नपाउँदै सप्तरीमा पुनः १४ वर्षकी बालिका बलात्कृत भएकी छिन् । सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ पातोकी १४ वर्षीया बालिका छिमेकीबाट बलात्कृत भएको प्रहरीले जानकारी दिएको छ ।

घरमा एक्लै भएका बेला ‘काम छ’ भन्दै छिमेकी १७ वर्षीय युवकले आफ्नो घरमा लगेर बालिकालाई बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका एसपी राजेन्द्र विष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार पीडकलाई प्रहरीले पक्राउ गरेको तथा घटनाको थप अनुसन्धान भइरहेको छ । पीडित बालिकालाई स्वास्थ्य परीक्षणका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । 

यसअघि गएको असोज २१ गते त्यही नगरपालिकाको वडा नम्बर ५ मा १८ वर्षीय युवकले छिमेकी १४ वर्षीया बालिकाको बलात्कार गरेका थिए भने अर्काे घटनामा खडक नगरपालिका ८ मा ७१ वर्षीया वृद्धा स्थानीय ४० वर्षीय एक व्यक्तिबाट बलात्कृत भएकी थिइन् ।

अन्तिम अपडेट: चैत २३, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया