कालीकोटमा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गयो, सहचालक घाइते

 फागुन ११, २०७९ बिहिबार ९:७:९ | मनिराज पाण्डे
unn.prixa.net

कालीकाेट - कालीकोटको तिलागुफा नगरपालिका–५ धनडामा ट्रक दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका चालक दैलेखको चामुण्डा बिन्द्रासैन नगरपालिका–७ का २८ वर्षका छविप्रसाद चौलागाईँको उपचारका क्रममा स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । दुर्घटनामा त्यही ठाउँका १८ वर्षका सहचालक दिनेश शाही घाइते भएका छन् । उनकाे उपचार भइरहेको छ ।

कर्णाली प्रदेश ०२–००१ ख ०३५६ को ट्रक दुर्घटना भएको प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुवराज बमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया