१९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोटमा नेपालले सिङ्गापुरलाई ९६ रनले हरायो

 फागुन १२, २०७९ शुक्रबार १९:५:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यूएईमा चलिरहेको आईसीसी १९ वर्षमुनिको पुरुष विश्व कपको एसिया छनोट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई ९६ रनले पराजित गरेको छ । सिङ्गापुरलाई हराउँदै नेपालले सुखद सुरुआत गरेको हो।

नेपालले दिएको २ सय ६२ रनको लक्ष्य पछ्याएको सिङ्गापुर ५० ओभरमा ७ विकेट गुमाएर १ सय ६५ रनमा समेटियो । त्यसअघि इडन ग्राडेन ओभल अजमानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ६१ रन बनाएको हो । नेपालका लागि आकाश त्रिपाठीले ७८ रन र विशाल विक्रम केसीले ५४ रन बनाए ।

प्रतियोगितामा नेपालसहित सिङ्गापुर, कुवेत, हङकङ, मलेसिया र आयोजक यूएईको सहभागिता रहेको छ । दोस्रो खेलमा भोलि कुवेतसँग खेल्ने नेपालले सोमवार हङकङसँग तेस्रो खेल खेल्नेछ । नेपालले तेस्रो खेल मङ्गलवार र बिहीवार घरेलु टोलीसँग खेल्नेछ । राउण्ड रोबिनका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली २०२४ मा श्रीलङ्कामा हुने १९ वर्षमुनिको विश्व कपका लागि छनोट हुनेछ । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया