एमालेले तत्काल सरकार नछाड्ने, राष्ट्रपति चुनावसम्म पर्खने

 फागुन १३, २०७९ शनिबार ११:४६:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेकपा एमालेले तत्काल सरकार नछाड्ने भएको छ । शनिवार आज बिहान बसेको पार्टी सचिवालय बैठकले सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने र राष्ट्रपतिको चुनावसम्म अहिलेकै गठबन्धन कायम हुने निर्णय गरेको हो ।

बैठकपछि प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले २५ गतेसम्म राष्ट्रपति चयनको मिति भएको हुनाले पुस १० गते जुन सहमति भएको थियो, त्यही सहमतिअनुसार अगाडि बढ्ने निर्णय भएको जानकारी दिनुभयो । अहिले भएको सरकार फाल्ने र नफाल्ने भन्नेबारेको विषय नभइ राष्ट्रपतिको मात्रै विषय भएकाले २५ गतेसम्म पर्खने निर्णय भएको उहाँको भनाइ छ ।

यस्तै एमालेले राष्ट्रपतिको चुनावमा आफ्नो पक्षमा बहुमत जुटाउन नेपाली कांग्रेसबाहेक सबै दलसँग संवाद गर्ने भएको छ । गुरुङले भन्नुभयो,  ‘कांग्रेसको आफ्नै उम्मेदवार भएकाले कांग्रेसबाट हामीलाई सहयोगको आश भएन, बाँकी सबै दलहरूसँग राष्ट्रपतिको चुनावसम्म हामी छलफल र संवाद गर्दै सहकार्यको वातावरण बनाउँछौँ ।’

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया