परिचय पत्र बोक्दा सिकार परेन भन्ने राउटेहरुले सामाजिक सुरक्षा भत्ता बुझे

 असोज २७, २०७५ शनिबार ७:२१:२४ | मुना हमाल

सुर्खेत – जंगलमा फिरन्ते जीवन बिताउँदै आएका लोपोउन्मुख राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ ।

सुर्खेतको लेकवेशी नगरपालिका –९, साटाखानी गंगटेमा भर्खर मात्र बसाई सरेर बस्दै आइरहेका उनीहरुलाई दैलेखको गुराँस गाउँपालिकाले असोज महिनाको सामाजिक सुरक्षा भत्ता शुक्रबार साटाखानी पुगेर वितरण गरेको छ । 

गाउँपालिकाले ४२ घरका एक सय ४८ जनालाई दुई हजारका दरले भत्ता वितरण गरेको गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज ओलीले जानकारी दिनुभयो । दसैँ खर्च हुने भएकाले यो महिनाको सामाजिक सुरक्षा भत्ता छिट्टै वितरण गरिएको अध्यक्ष ओलीले बताउनुभयो । राउटेलाई सरकारले परिचय पत्र दिएपछि गुराँस गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आइरहेको छ । 

गाउँपालिकाकाले दिएको पैसाले दसैँखर्चको व्यवस्थापन गर्ने राउटे मुखिया सूर्यनारायण शाहीले बताउनुभयो । ‘दसैँ आएको छ । दसैँका लागि चामल किन्छौँ’, उहाँले भन्नुभयो, ‘यो पैसा दसैँ खर्च हुन्छ । दसैँ मनाउन अब सजिलो हुने भयो । ’ 

गाउँपालिकाले राउटेहरुलाई असारमा परिचय पत्र दिएको थियो ।  तर राउटेहरुले परिचय पत्र त्यागिसकेका छन् । उनीहरुले परिचय पत्र बिना नै सामाजिक सुरक्षा भत्ता बुझेका छन् । यसभन्दा अघि राउटे समुदाय गुराँस गाउँपालिकाका बस्दै आएका थिए ।

उनीहरु भर्खरै मात्र सुर्खेतको लेकवेशीमा आएका हुन् । आफूहरुसँग परिचय पत्र हुँदा सिकार नपरेको भन्दै परिचय पत्र फालेको मुखिया शाहीले बताउनुभयो । 


 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया