नेपालले सोझै विश्व कप छनोट खेल्न बाँकी ८ मध्ये ७ खेल जित्नुपर्ने

 फागुन १४, २०७९ आइतबार ७:२९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै  - आईसीसी विश्व कप क्रिकेट लिग–२ मा नेपालले शीर्ष तीनमा पर्दै सोझै विश्व कप छनोट खेल्न अब बाँकी ८ मध्य ७ खेल जित्नुपर्ने भएको छ । आफ्नो अन्तिम खेलमा हिजो नामिबियाले यूएईलाई हराएसँगै यो समीकरण बनेको हो ।

लिग–२ का शीर्ष तीन टोलीले आउँदो जुन–जुलाईमा जिम्बाब्वेमा हुने विश्व कप छनोट सोझै खेल्न पाउनेछन् । स्कटल्यान्ड र ओमान विश्व कप छनोटमा पुगेका छन् । अब नेपाल, नामिबिया र यूएई मध्ये एक टोलीको सम्भावना छ । नामिबियाको ३६ खेलमा १९ मा जित र १६ मा हारसहित ३९ अङ्क छ ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित छैटौँ स्थानमा छ । यूएई २८ खेलमा १३ मा जित र १२ मा हारसहित २९ अङ्कका साथ पाँचौँ स्थानमा छ । नेपालले अब यूएई र पपुवा न्युगिनीसँग समान चार/चार खेल खेल्नेछ । नेपालले नामिबियालाई पछि पार्न ८ मध्य ७ खेल जित्नुपर्ने हुन्छ ।

नेपालले सबै खेल जित्दा ४२ अङ्क र ७ खेलमा जित्दा ४० अङ्क हुनेछ । नेपालले एक दिवसीय मान्यता जोगाउन ८ मध्य ५ खेल जित्नुपर्ने हुन्छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया