टी–२० विश्वकप छनोट : एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता नेपाली टिम आज स्वदेश फर्कँदै

 असोज २७, २०७५ शनिबार १०:२५:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – आईसीसी टी–२० विश्वकप छनोट अन्तर्गत एसिया उपक्षेत्रीय प्रतियोगिताको विजेता बनेको नेपाली टिम आज स्वदेश फर्किदैछ ।

नेपाली टिम आज मध्यान्ह साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्ने नेपाली टिमका म्यानेजर रमन सिवाकोटीले जानकारी दिए ।

नेपालले छनोट प्रतियोगितामा ६ खेलमध्ये पाँच खेलमा फराकिलो अन्तरले जित निकालेको थियो भने अन्तिम खेलमा सिंगापुरसँग पानी परेपछि बराबरीमा चित्त बुझाएको थियो ।

सिंगापुर र नेपालको खेल बराबरी भएसँगै समान ११–११ अंक भए पनि रनरेटका आधारमा नेपालले उपाधि जित्न सफल भएको थियो । उपाधि विजेता नेपाली टिमलाई काठमाडौंमा भव्य स्वागत गर्ने तयारी पनि गरिएको छ ।

तर नेपाली युवा बलर तथा यस प्रतियोगिताको म्यान अफ् दी सिरिज भएका सन्दीप लामिछाने भने आज नेपाली टिमसँगै नफर्कने भएका छन् । उनी मलेसियाबाट सिधै यूएई जाने छन् । सन्दीपले यस प्रतियोगितामा सर्वाधिक २४ विकेट लिएका थिए ।

त्यहाँ जारी अफगानिस्तान प्रिमियर लिग एपीएलमा अनुबन्ध भएका सन्दपीले कान्धार टिमबाट खेल्ने छन् । एपीएल सकिएपछि मात्रै सन्दीप नेपाल आउने म्यानेजर सिवाकोटीले जानकारी दिए ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया