धादिङ : वृद्धभत्ता लुट्न कुटपिट गरिएका वृद्धको उपचारका क्रममा ज्यान गयो

 फागुन १६, २०७९ मंगलबार ९:१:४० | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - वृद्धभत्ता लुट्न कुटपिट गरिएका एक वृद्धको उपचारका क्रममा ज्यान गएको छ ।

धादिङको धुनीबेसी नगरपालिका वडा नम्बर–७ मा रहेको निर्वेश्वर महादेव मन्दिरमा बस्दै आएका  धुनीबेसी नगरपालिका वडा नम्बर–६ का ८४ वर्षीय बलराम उप्रेतीको ज्यान गएको हो । अघिल्लो दिन वृद्धभत्ता बुझेका उप्रेतीलाई माघ १० गतेराति धुनीबेसी नगरपालिका–६ का ३७ वर्षीय पुरुषोत्तम बानियाँले कुटपिट गरी भत्ता रकम लुटेर लगेका थिए ।

छिमेकी र प्रहरीको सहयोगमा उप्रेतीको उद्धार गरी नेपाल भारतमैत्री अस्पताल काठमाण्डौमा उपचारका लागि भर्ना गरिएको थियो । उहाँको उपचारकै क्रममा आइतवार ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सन्तुलालप्रसाद जैसवारले जानकारी दिनुभयो ।

घटनापछि आरोपितलाई प्रहरीले धुनीबेसी नगरपालिका वडा नम्बर ६ चालिसेबाट पक्राउ गरी हिजो जिल्ला अदालतमा पेस गरेको थियो । जिल्ला अदालतले अनुसन्धानका लागि १० दिन हिरासतमा राख्न आदेश दिएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया