प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु

 जेठ २४, २०७५ बिहिबार १८:५०:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रथम पारा राष्ट्रिय खेलकुद प्रतियोगिता बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ ।

प्रतियोगितामा १८ वटा खेल समावेश गरिएको छ । एक महिनासम्म चल्ने प्रतियोगिताको युवा तथा खेलकुदमन्त्री जगतबहादुर  विश्वकर्माले उद्घाटन गर्नुभयो । उहाँले नेपाल पारा ओलम्पिक कमिटीका अध्यक्ष दीपक कोइरालालाई साउण्ड टेबल टेनिसको सामाग्री हस्तान्तरण गर्नुभएको थियो ।

प्रतियोगितामा दृष्टिविहीन क्रिकेट, ह्वीलचेयर बास्केटबल,  पारा तेक्वान्दोलगायतका खेलहरु समावेश गरिएका छन् । ८० लाख विनयोजन गरिएको बजेट  विभिन्न पारा खेलसंघलाई प्रतियोगिता आयोजना गर्न बिहीबार नै हस्तान्तरण गरिएको छ ।

सम्बन्धित खेलसंघले आफूलाई पायक पर्ने स्थानमा एक महिनाभित्र प्रतियोगिता आयोजना गर्नुपर्ने छ । प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले राज्य सपांग र अपांग  गरी कुनै पनि खेलाडीलाई विभेद नगरिने बताउनुभयो । उनले वर्तमान सरकारले खेलकुदको विकासमा कुनै कसर बाँकी नराख्ने  प्रतिबद्धता व्यक्त गरे ।

यसैगरी राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव केशबकुमार विष्टले सपांग र अपांगता भएकाले ल्याएको मेडल राज्यकालागि समान हुने भन्दै अबका दिनमा  कुनै पनि भेदभाव नहुने दृढता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालले कुनै पनि ओलम्पिकमा पदक ल्याउँछ भने त्यो पारा  खेलकुदले ल्याउँछ ।’

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया