साउदीमा इकामा छैन वा हुरुब लागेको छ ? त्यसो भए दूतावासमा आफ्नो विवरण टिपाउनुहोस्

 फागुन १९, २०७९ शुक्रबार १०:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – तपाईँ साउदीमा कार्यरत हुनुहुन्छ र इकामाको म्याद सकिएको छ या कम्पनीले हुरुब लगाइदिएको छ । यदि छ भने साउदीमा रहेको नेपाली दूतावासले इकामाको म्याद सकिएका र हुरुब लागेका वा जरिवाना लागेका नेपाली श्रमिकहरूको विवरण सङ्कलन गरिरहेको छ ।

दूतावासले इकामा नभएका, हुरुब लागेका श्रमिकहरूलाई एक्जिट भिसा प्रक्रियाका लागि समेत सहयोग गरिरहेको छ । इकामाको म्याद सकिएको तीन महिनाभन्दा बढी भइसकेको छ तर कम्पनी वा कफिलले इकामा नवीकरण गरिदिएको छैन भने, साउदी पुगेको तीन महिनाभन्दा बढी भइसक्दा पनि कम्पनीले इकामा बनाइदिएको छैन भने दूतावासमा आफ्नो नाम टिपाउनुहोला ।

यस्तै हुरुब लागेको छ वा कम्पनीले तपाईँमाथि जरिवाना लगाएको छ वा कुनै मुद्दा वा जरिवाना लागेको छ भने पनि दूतावासमा आफ्नो विवरण टिपाउन सकिन्छ ।

यस्तो अवस्थामा भएका नेपालीहरूको विवरण साउदीमा रहेको नेपाली दूतावासले सङ्कलन गरिरहेको छ । आफूलाई भएको समस्या सहित साँचो विवरण टिपाउन दूतावासले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

5 Comments

  • Ajay Kumar sah

    March 6, 2023, 3:11 a.m.

    Sir maro nam Ajay Kumar sah ho ma Saudi aako 1 barsh 4 mahina vaiskiyo company le selary time Mai dinxa Tara ahile sam Mero equma company le banaidiyeko xaina sir hami 10 Jana ko gurup ma Rolex menpower Bata Saudi aako xu sir hami Lai Company bat quma upladh garai diye Hani dheri avhari huntiye Mero Saudi ko contact number+966545660536 sir help please

  •  0 Reply
  • suman karki

    March 5, 2023, 11:59 a.m.

    म आएको 15 महिना भयो 5 महिना देखि बिरामी भएर room मा बसेको छु तलब हरु केही पनि दिएको छैन यहाँ उपचार पनि राम्रो भएको छैन घर जान पनि दिएको छैन 1200 तलब भनेर 800 सय मात्रै दिएको छ समय अबधी 4 बर्ष भन्छ 2 बर्ष जबर्जस्ती थपेर राख्छ मेरो कम्पनी को नाम falth s.l tamimi rantel jubail मा छ हामी अर्को company हो तर यहाँ केही छैन मेरो उदार गरि दिनु हजुर

  •  0 Reply
  • वीर बहादुर बोहरा

    March 5, 2023, 3:05 a.m.

    मैले 2 बर्स जेध्धा मा काम गरे सेलरी 1000+ 200 थियो म द्राईभर हो कफला दे भन्दा मलाई exit हनिदियो त्यसैले म घर जानू भन्दा दुई दिन अगाडि भागेर दमाम आय यो कम्पनी ले डेड बर्स भयो काम र सेलरी त दियको छ तर कफला गरेको छैन म कफाला गर्न चाहन्छु

  •  0 Reply
  • Lachhman Budhathoki

    March 5, 2023, 1:50 a.m.

    मेरो नाम लक्ष्मण बुढाथोकी मेरो घर खोटाङ हलेसी चुवाचुङ नगरपालिका वाड न: ८ हो म साउदी आएको ६ साल भयो २ साल मा एक छुट्टी गए र अर्को २ साल पछि छुट्टी जानू पर्नेथियो कोभिड सुरु भएर जान पाईएन तेस्पछी डिसेम्बर बाट कोभिड सुरु भयो जनवारी मा मेरो कन्ट्राक सकिने वाला थियो फ्लाईट हरु बन्द भैइदियो भाधेताले रिनु गरेर बस्नु पर्यो तेस्पछी ईकामा पनि रिनु गर्ना छोड्यो फ्लाईट खुलेपछी घर जनु खोज्दा कन्ट्राक को अभदी सकिनु पर्छ अनि मात्र जानपाउछ भन्यो कम्पनी ले २ साल भयो इकामा नबनाको र सालेरी ६ महिनाको बाकिछ पाउन अहिले २०२३/01/8 मा मेरो कन्ट्राक सकियो एक्सिट को लागि प्रोसेस गरेको पनि ४०/४५ दिन भयो फोन गर्दा कहिले उठाउनु हुन्न उठिहाल्यो भने अर्को हफ्ता भन्नू हुन्छ फेरि हफ्ता दिन पछि कल गरेर सोधा फेरि हप्तादी पछि भनुहुन्छ अहि मेरो घर्मा श्रीमती बिरामी छिन हेपाटाइटिस भनेको छ उपचारको लागि बिराटनगर लानु भनेको छ लेर आउने कोहि नभएको हुदा आफै जानू पर्ने भएकाले छिटो गरि दिनु पर्यो यति सयोग गर्दिनुपर्यो धन्यवाद हाल म साउदिको दमाम थुक्बा २० नम्बर माछु मेरो इकामा नम्बर २४३०२४४६२० मोबाइल नम्बर वाड्सप र भाईबर ०५७१५८३९७८ पिलिज एति सयोग गरि दिनुपर्यो धन्यवाद

  •  0 Reply
  • आकाश निराैला

    March 4, 2023, 12:28 p.m.

    नमस्कार म आकाश, म साउदी आएको 2022 January महिना को 5 तारिख आएको हो । सो आएको को 7/8 दिनमा इकमा दिईएको थियो। सो इकमा 2022,7,04 तारिख सम्म को रहेछ । सो इकमा को कुरा गर्दा केही भन्दैन हुन्छ बिस्तारै दिन्छ मात्र भन्छ । र अहिले सम्म दिएको नि छैन यहि हजुर सामु भन्न चाहन्छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया