यू–१९ महिला एशिया कप 'सुपर–फाेर' : श्रीलङ्कासँगकाे खेलमा ने...
पुस ४, २०८१ बिहिबार
काठमाडौं – पूर्व परराष्ट्रमन्त्री, पूर्व राजदुत तथा नेपाली कांग्रेसका पुराना नेता चक्रप्रसाद बाँस्तोलाको आज अन्त्येष्टि गरिँदैछ । बाँस्तोलाको शव दिउँसो साढे १ बजेदेखि ४ बजेसम्म पार्टी कार्यालय सानेपामा श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि पशुपति आर्यघाटमा आजै अन्त्येष्टि गरिने कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । कांग्रेसका शीर्ष नेताहरुले पार्टी कार्यालय पुगेर बाँस्तोलाप्रति श्रद्धाञ्जली ब्यक्त गर्ने कार्यक्रम छ ।
मस्तिष्कघातका कारण छ वर्षदेखि अर्धचेत अवस्थामा रहेका ७४ वर्षका बाँस्तोलाको स्वास्थ्य अवस्था थप जटिल बनेपछि शनिबार बिहान काठमाडौको बाँसबारीमा रहेको न्यूरो अस्पताल लगिएको थियो । तर, चिकित्सकले उपचार सम्भव नभएको बताएपछि उहाँलाई दिउँसो ललितपुरको खुमलटारमा रहेको निवासमा लगिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वर्गीय बाँस्तोलाप्रति श्रद्धाञ्जली ब्यक्त गर्नुभएको छ ।
यसैबीच दसैंको मुखमा भएको मूल्यवृद्धि नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराउन ७७ वटै जिल्ला प्रशासन कार्यालय मार्फत ज्ञापन पत्र बुझाउने कार्यक्रम कांग्रेसले स्थगित गरेको छ । आजका लागि तय भएको कार्यक्रम नेता बाँस्तोलाको निधनका कारण स्थगित गरिएको कांग्रेस प्रवक्ता शर्माले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।