नेविसंघले जलायो प्रधानमन्त्री ओलीको पुत्ला

 जेठ २४, २०७५ बिहीबार १९:१०:४ | उज्यालो सहकर्मी

काठमाडौं –  पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धिविरुद्ध आन्दोलित कांग्रेस निकट नेपाल विद्यार्थी संघले बिहीबार ललितपुरको पाटनमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ । 

नेपाल विद्यार्थी संघ, पाटन संयुक्त क्याम्पस इकाई समितिको आह्वानमा मूल्य वृद्धिको विरोध गर्दै प्रधानमन्त्री ओलीको पुत्ला दहन गरिएको हो । जनतालाई मारमा पार्ने गरी गरिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता गराउन दबाबस्वरुप प्रधानमन्त्री ओलीको पुत्ला दहन गर्नु परेको संघका पाटन संयुक्त क्याम्पस इकाई समितिका नेता तारा शर्माले जानकारी दिनु भयो ।

त्यस क्रममा संघका विद्यार्थी नेता, कार्यकर्ताले पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि फिर्ता नगरे सरकारविरुद्ध अझै कडा आन्दोलनमा जान बाध्य हुने चेनावनीसहित चर्का नाराबाजी गरेका थिए ।

नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता नगरे प्रधानमन्त्री ओलीलाई पदबाट राजीनामा दिन बाध्य बनाउने दावी समेत गरेका छन् ।

तस्बिर- अनिल खनालकाे फेसबुकबाट

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया