सीमानाकामा जाँँचका लागि तालिम प्राप्त कुकुर परिचालन

 असोज २८, २०७५ आइतबार १०:२९:० | दुर्गा उपाध्याय
unn.prixa.net

कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चाडपर्वलाई लक्षित गरि गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको छ । चाडपर्व विशेष सुरक्षा योजनाअन्तर्गत प्रहरीले आइतबारबाट गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरेको हो । 

सीमा क्षेत्रमा लागूऔषधको ओसारपसार र नेपाली कामदारलाई नशालु पर्दाथ खुवाएर लट्नेलगायतका अपराध पत्ता लगाउन तालिम प्राप्त कुकुर परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख एसपी कुबेर कडायतले बताउनुभयो ।

उहाँले खुल्ला सीमाना भएका कारण चाडवाडका बेला हुन सक्ने लागुऔषधको ओसार–पसारलगायतका अपराधिक घटना मध्ये नजर गर्दै तालिम प्राप्त कुकुर परिचालन गरिएको बताउनुभयो । 

कञ्चनपुरमा चेकजाँचका लागि पहिलो पटक तालिम प्राप्त कुकुरको प्रयोग गरिएको छ । मानिसको आवागमलाई मध्यनजगर गर्दै छठसम्म कुकुरको परिचालन गरिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । फुच्चे नाम गरेको तालिम प्राप्त कुकुरले सुँघेर लागूऔषधको ओसारपसार भए/नभएको जाँच गर्ने गर्दछ । 

अन्तिम अपडेट: चैत २३, २०८०

दुर्गा उपाध्याय

दुर्गा उपाध्याय कञ्चनपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया