बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा इङ्ल्यान्ड ६ विकेटले पराजित

 फागुन २६, २०७९ शुक्रबार ६:३३:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टी–२० विश्व कप विजेता इङ्ल्यान्ड बङ्लादेशसँगको पहिलो टी–२० क्रिकेटमा ६ विकेटले पराजित भएको छ । योसँगै घरेलु टोली बङ्लादेशले तीन खेलको टी–२० शृङ्खलामा १–० को अग्रता बनाएको छ।

जितको लागि १ सय ५७ रनको लक्ष्य पछ्याएको बङ्लादेशले १८ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । बङ्लादेशका नाज्मुल हसन सान्टोले सर्वाधिक ५१ रन बनाए । इङ्ल्यान्डका जोफ्रा आर्चर, आदिल राशिद, मार्क वुड र मोइन अलीले एक/एक विकेट लिए । टस हारेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५६ रन बनाएको थियो ।

उसका जस बटलरले सर्वाधिक ६७ रन जोडे । बङ्लादेशका हसन मोहम्मदले दुई तथा नसुम अहमद, तस्किन अहमद, मुस्ताफिजुर रहमान र सकिब अल हसनले एक/एक विकेट लिए । यी दुई देशबीचको दोस्रो टी–२० आइतवार र तेस्रो खेल मङ्गलवार हुनेछ ।
 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया