त्रिदेशीय एकदिवसीय क्रिकेट शृङ्खलामा आज यूएई र पीएनजी खेल्दै

 फागुन २६, २०७९ शुक्रबार ८:२२:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय शृङ्खलामा आज यूएई र पपुवा न्युगिनी (पीएनजी) बीच खेल हुँदैछ ।

यूएई र पीएनजीको खेल कीर्तिपुर मैदानमा बिहान ९ बजेदेखि सुरु हुनेछ । हिजो भएको खेलमा पीएनजी नेपालसँग ५२ रनले पराजित भएको थियो । जितसँगै नेपालको ३३ खेलमा ३४ अङ्क छ । नेपाल पाँचौँ स्थानमा छ।

यूएई ३२ खेलमा ३१ अङ्ककासाथ छैटौँ र पीएनजी ३३ खेलमा ९ अङ्ककासाथ पुछारमा रहेको छ । आईसीसी विश्व कप क्रिकेट लिग–२ को यो अन्तिम शृङ्खला हो । शृङ्खलामा घरेलु टोली नेपालसहित यूएई र पपुवा न्युगिनी रहेका छन् । नेपालले आइतवार यूएईसँग, सोमवार पीएनजीसँग र अन्तिम खेल आउँदो बिहीवार यूएईसँग खेल्नेछ ।

अन्तिम शृङ्खलाबाट तेस्रो, चौथो र पाँचौँ स्थानमा रहने टोलीको तय हुनेछ । नेपालले अबका तीन खेल जित्दा ४० अङ्क पुग्नेछ । जुन सोझै विश्व कप छनोट र एकदिवसीय मान्यता कायम राख्न पर्याप्त हुनेछ । तीनमध्ये एउटा खेल जितेमा नेपालले एकदिवसीय मान्यता कायम राख्नेछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया