त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज पपुवा न्यु गिनीसँग खेल्दै

 फागुन २९, २०७९ सोमबार ७:३४:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ को त्रिदेशीय एकदिवसीय श्रृंखलामा नेपालले आज पपुवा न्यु गिनी (पीएनजी)सँग खेल्दै छ । खेल कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे पछि हुनेछ ।

विश्वकप लिग टूको शीर्ष ३ भित्र रहेर विश्वकप छनोटमा सिधै स्थान बनाउन अब नेपालले दुई खेल जित्नु पर्ने हुन्छ ।

नेपालले अन्तर्राष्ट्रिय एकदिवसीय मान्यता सुरक्षित गरिसकेको छ  । हिजो युएईलाई एक सय ७७ रनको फराकिलो अन्तरले हराउँदै नेपाल आइसीसी पुरुष विश्वकप क्रिकेट लिग– २ को चौथो स्थानमा उक्लिएको छ।

नेपालले ३४ खेलबाट ३६ अङ्क प्राप्त गरेको छ  । नेपालले आज पपुवा न्युगिनीलाई र आउँदो बिहीवार युएईलाई हराउन सके ४० अङ्कका साथ तेस्रो स्थानमा रहँदै अर्को वर्ष जिम्बावेमा हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोट हुनेछ ।

पीएनजी भने ११ अङ्क जोडेर अङ्क तालिकाको पुछारमा रहेको छ । युएई ३१ अङ्कका साथ छैठौँ स्थानमा छ ।


 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया