वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्टमा भारत १० विकेटले विजयी

 असोज २८, २०७५ आइतबार २०:१०:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - वेष्ट इन्डिज विरुद्धको दोस्रो टेष्टमा भारत १० विकेटले विजयी भएको छ । जितसँगै भारतले दुई टेष्टको श्रृखंला क्लिनस्विप गरेको छ ।

दक्षिण अफ्रिका र इंग्ल्याण्ड विरुद्धको टेष्ट श्रृंखला गुमाएर आलोचित बनेको भारतीय टाेलीले उत्कृष्ट कमब्याक गरेको छ ।

भारतको हैदरावादमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको वेष्ट इन्डिज पहिलो पारीमा तीन सय ११ रनमा अलआउट भयो । उसका लागि चेसले एक सय ६ रनको योगदान गरे ।

बलिङ तर्फ उमेश यादवले ६ विकेट लिए । जवाफमा भारतले पहिलो पारीमा तीन सय ६७ रन बनायो । उसका लागि रिशव पन्तले ९२ तथा अजिन्क्या राहाणेले ८० रन बनाए ।

दोस्रो पारीमा वेष्ट इन्डिज एक सय २७ रनमै समेटिन पुग्यो । उसका कुनैपनि खेलाडीले ५० रन पुरा गर्न सकेनन् ।

दोस्रो पारीमा वेष्ट इन्डिजलाई सस्तैमा आउट गर्न उमेश यादवले ४ तथा रविन्द्र जडेजाले तीन विकेट लिए । भारतीय भूमिमा फितलो बनेको वेष्ट इन्डिजले ७२ रनको झिनाे लक्ष्य दियो । जसलाई भारतले १६ ओभर एक बलमा पुरा गर्‌याे ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया