गाडीले बढी भाडा लियो ? ९८५१२७३२२२ मा फोन गर्नुहोस्

 असोज २९, २०७५ सोमबार ८:५२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – दसैंमा यात्रुको सहजताका लागि सुरक्षा व्यवस्था मजबुत बनाइएको सरकारले दाबी  गरेको छ । तर दाबी गरिए अनुसार यात्रा सहज नभएको यात्रुको गुनासो छ । केही ठाउँमा बाटोको कारण यात्रा कष्टकर भएको यात्रुले गुनासो गरेका छन् ।

साँघुरो बाटो तर गाडी संख्या धेरै हुँदा हरेक दिनजसो जाममा बस्नु परेको र तोकिएको भन्दा बढी भाडा तिर्नू परेको यात्रुले बताएका छन्  । सरकारले बढी भाडा लिनेलाई कारबाही भइरहेको दाबी गरे पनि अनुमगन प्रभावकारी नहुँदा विभिन्न बाहनामा बढी भाडा तिर्नु परेको यात्रुले बताएका छन्  । तर प्रहरीले बढी भाडा लिनेलाई कारबाही भइरहेकाले तुरुन्त खबर गर्न आग्रह गरेको छ । 

कुनै पनि गाडीले बढी भाडा लिए यातायात व्यवस्था विभागको हटलाइन नम्बर ९८५१२७३२२२ र प्रहरीको निःशुल्क नम्बर १०१ वा १०३ मा फोन गरेर उजुरी गर्न सकिने प्रहरीले जनाएको छ । यस्तै यातायात व्यवस्था विभागले बिचौलिया हटाउन कलंकीमा रहेका सबै काउन्टर हटाउने भने पनि अझै हटाएको छैन ।

कलंकीमा बिचौलियाका कारण यात्रु मारमा परेको भन्दै विभागले नयाँ बसपार्क बाट मात्रै गाडी छोड्ने तयारी गरेको थियो । कलंकीको काउन्टर हटाउन ट्राफिक प्रहरीसँग छलफल गरे पनि पछि विभाग पछि हटेको हो । बिचौलिया हाबी हुँदा यात्रुले बढी भाडा तिर्नु परेको छ । 

यस्तै यसपालिको दसैंका लागि आज भोलि र पर्सि धेरै यात्रु काठमाडौंबाट बाहिरिने भएका छन् । दशैंका लागि २० देखि २२ लाख यात्रु काठमाडौंबाट बाहिरिने अनुमान गरिएको छ । अहिलेसम्म १३ लाख भन्दा धेरै यात्रुले काठमाडौं छोडेका यातायात व्यवसायीले बताएका छन् । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया