दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाडाैं – सफा हात, मेरो स्वास्थ्यको आधार भन्ने नारासहित आज विश्व हात धुने दिवस मनाईंदैछ । हरेक वर्षको अक्टोबर १५ तारिखमा हात धुने दिवस मनाउने गरिएको छ ।
यसवर्षको दिवस हात धुने र खाना बीचको सम्बन्धमा केन्द्रित भई खाद्य स्वच्छता र पोषणसँग जोडिएको छ । हरेक पटक खाना खानु र खुवाउनु अघि तथा खानेकुरा पकाउनु र बाड्नु अघि सफा पानी र साबुनले हात धुन जोड दिइएको छ । यस्तै खानालाई सुरक्षित राख्न र सरुवा रोगको जोखिम कम गरी बालबालिकाको स्वास्थ तरिकाले हेरचाह गर्न पनि यसपालिको दिवसले जोड दिएको छ ।
सरसफाइ र खानेकुरामा ध्यान नदिँदा नेपालमा बर्सेनि झण्डै ५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्याङ्क छ । खाना बनाउनु, बाँड्नु, खानु र खुवाउनु पहिले नियमित रुपमा साबुनपानीले हात धोएमा झाडापखालाबाट हुने बालबालिकाको मृत्यु आधाले, निमोनियाबाट हुने मृत्युलाई एक तिहाइले र सुत्केरीको समयमा हुने मृत्युलाई एक चौथाइले घटाउन सकिने खानेपानी मन्त्रालयले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।