साउदीका जेलमा रहेका नेपालीमध्ये ८० प्रतिशत रक्सी ओसारपसारमा लागेकाहरु : दूतावास

 चैत ३, २०७९ शुक्रबार १८:४:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – साउदीका जेलमा परेका नेपालीमध्ये अधिकांश रक्सी ओसारपसारमा लागेकाहरु रहेका त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ । दूतावासले आफ्नो फेसबुक लाइभमार्फत यसबारे जानकारी दिँदै यस्तो कार्य नगर्न आग्रह समेत गरेको छ ।

यस्तो कार्यमा लगाउनेहरु पनि बढीजसो नेपाली नागरिक नै हुने गरेको दूतावासका श्रम काउन्सेलर देवेन्द्र कार्कीले बताउनुभयो । आफूले जेलमा पुगेर भेट्दा चिनजानकै मान्छेबाट ठगिएको भन्ने गुनासो आएकोले यसबारे सबैले सचेत रहन पनि उहाँले आग्रह गर्नुभयो ।

‘जेलमा गएर बुझ्दा सबैले चिनेकै साथीभाइले काम गर्न लगाएको भन्ने सुनियो’, उहाँले भन्नुभयो, ‘बढी पैसा कमाउने प्रलोभनमा परेर आफ्नो जीन्दगी खराब नगर्नुस्, जे कामको लागि आउनुभएको हो त्यही काम गर्नुस् ।’

साउदी नेपाली श्रमिककाे लागि प्रमुख गन्तव्य देश हाे । तर यहाँकाे कानुन कडा छ । नियमकानुनकाे बारेमा थाहा नहुँदा पनि वैदेशिक राेजगारीमा साउदीमा रहेका धेरै नेपाली श्रमिक फस्ने गरेका छन् ।

साउदीमा रक्सी सेवन, बिक्री वितरण तथा ओसारपसारलाई ठूलो अपराध मानिन्छ । बिक्रीवितरणको मात्राका आधारमा ६ महिनादेखि वर्षौँवर्षसम्म जेल सजाय हुन सक्ने तथा जरिबाना पनि हुने भएकाले यस्तो कार्यमा नलाग्न र नलगाउन दूतावासको आग्रह छ ।
 

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया