सुनचाँदी पनि लुटे, राेक्न खाेज्दा घरका मान्छेलार्इ पनि कुटे

 असोज २९, २०७५ सोमबार १३:१०:१५ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको खडक नगरपालिकामा लाखौंको धनमाल डकैती भएको  छ ।

खडक नगरपालिका वडा नम्बर-७, कल्याणपुर बस्ने सुरतलाल साहको घरमा गएराति करिब २ बजेको समयमा ५–६ जनाको समूहमा आएका नकावधारी डाँका समूहले लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

हतियारसहित आएका डाँकाहरुले साहको घरबाट साढे १ केजी चाँदी र ३ तोला बराबरका सुनका गहना तथा १० हजार रुपैयाँ नगद गरी करिब ३ लाख रुपैयाँ बराबरको धनमाल लुटेर लगेको पीडितहरुले बताएका छन् ।

यसैबीच लुटपाटका क्रममा डाँकाहरुले साह र उनका छोरा पुरुषोत्मलाई कुटपिटसमेत गरेका छन् ।

यता लुटपाटमा संलग्न व्यक्तिहरुको खोजी कार्य तीव्र रुपमा भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया