वैदेशिक रोजगारीमा रहेकाको स्वास्थ्य समस्या सम्बोधन गर्न 'टेलिमेडिसिन' सेवा सञ्चालन गर्दै बोर्ड

 चैत ८, २०७९ बुधबार १७:१८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि सरकारले 'टेलिमेडिसिन' सेवा प्रदान गर्ने भएको छ ।

आउँदो शुक्रबारदेखि प्रत्येक हप्ताको शुक्रबार र आइतबार गरी दुई दिन श्रमिकका लागि 'टेलिमेडिसिन' सेवा प्रदान गर्ने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।

बोर्डका अनुसार यो सेवा प्रदान गर्नका लागि वैदेशिक रोजगार बोर्ड र वीर अस्पतालबीच सम्झौता भएको छ । 

वैदेशिक रोजगारीमा रहेका श्रमिकमा बढ्दो विभिन्न स्वास्थ्य समस्यासँगै मानसिक स्वास्थ्य समस्यालाई समेत सम्बोधन गर्न गन्तव्य देशमा रहेका नेपाली श्रमिकका लागि नेपालबाटै पहिलो पटक 'टेलिमेडिसिन' सेवा सञ्चालन गर्न लागिएको बोर्ड सूचना अधिकारी राजन पौडेलले जानकारी दिनुभयो । 

उहाँले भन्नुभयो ‘वैदेशिक रोजगारीमा गएकाहरूका विभिन्न स्वास्थ्य समस्या छन्, तर उहाँहरूले भाषा लगायतको कारण गन्तव्य देशमा सेवा लिन सकिरहनुभएको छैन, उहाँहरूको सहजताका लागि हामीले यो सेवा सुरुवात गर्न थालेका हौँ ।’

हप्ताको दुई दिन सञ्चालन हुने 'टेलिमेडिसिन' सेवामा कम्तीमा पनि जनरल फिजिसियन, मनोसामाजिक परामर्शकर्ता वा मनोचिकित्सकहरू हुनेछन् ।

गन्तव्य देशमा रहेका श्रमिकले यो सेवा लिने टेलिफोन वा अन्य माध्यमहरूको बारेमा भने पुनः जानकारी गराइने बोर्डले जनाएको छ । यो सेवा आइतबार र शुक्रबार एक एक घण्टा चल्ने छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया