दाङकाे महेन्द्र बहुमुखी क्याम्पसकाे सभापतिमा नेविसङ्घका मनोज डीसी निर्वाचित

 चैत ९, २०७९ बिहिबार ११:३०:४९ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङकाे घोराहीमा रहेकाे महेन्द्र बहुमुखी क्याम्पसको सभापतिमा नेविसङ्घ विजयी भएकाे छ।

क्याम्पसकाे स्ववियु सभापतिमा अखिलका हिमाल महरालाई हराउँदै नेविसङ्घका मनोज डीसी निर्वाचित हुनुभएकाे हाे। डीसीले १ हजार ९६ मत पाउनु भएकाे छ भने महराले ६ सय २० मत प्राप्त गर्नुभएको छ।

क्याम्पसमा एमाले निकट अनेरास्ववियु, माओवादी निकट अखिल क्रान्तिकारी र राष्ट्रिय जनमोर्चा निकट अखिल छैटाैँले तालमेल गरेका थिए । 

सचिवमा ९ सय ५५ मत प्राप्त गर्दै नेविसङ्घका वसन्त भण्डारी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी अखिल संयुक्तका रविभक्त केसीले ५ सय ८३ मत प्राप्त गर्नुभएकाे छ । कोषाध्यक्षमा पनि नेविसङ्घकै ममता केसी ९ सय ९६ मतसहित विजयी हुनुभएको छ भने पराजित अखिल संयुक्तका सागर पण्डितले ६ सय ९४ मत पाउनु भएकाे छ। 

चैतको ५ गते स्वतन्त्र विद्यार्थी युनियनको चुनाव गर्ने कार्यतालिका रहे पनि विप्लव निकट अखिल क्रान्तिकारीले गरेको तालाबन्दीका कारण चैत ८ गते हिजाे महेन्द्र बहुमुखी क्याम्पसमा स्ववियु चुनाव भएको हाे। 

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया